लकडाउनले गर्दा अनलाइन फुड डेलिभरी प्लेटफर्म फूडमाण्डुको सेवा रोकियो

  • Technology Khabar | ११ चैत्र २०७६, मंगलवार

काठमाडौं ।

सरकारले आजदेखि देशभर गरेको लकडाउनका कारण अनलाइन फुड डेलिभरी प्लेटफर्म फूडमाण्डुको सेवा बन्द भएको छ ।

कम्पनीले कोभिड १९ फैलनबाट रोक्ने सरकारको निर्णयसँगै अस्थायी रुपमा आफ्नो सेवा बन्द गरेको हो । देशभर चैत १८ गतेसम्म लकडाउन गरिएसँगै फूडमाण्डुको सेवा पनि बन्द भएको हो।

सो बारेमा कम्पनीले आफ्नो आधिकारीक ट्विटर ह्याण्डलबाट सो जानकारी दिएको छ ।

फूडमाण्डुले सरकारको निर्देशनहरुका साथै सुरक्षा र स्वास्थ्यको अवस्था सामान्य भएसँगै पुनः सेवा सुचारु गर्ने जनाएको छ।

प्रकाशित: ११ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार