
काठमाडौं ।
शाओमीले रेडमी नोट फोनलाई २०१४ मा रिलिज गरेको थियो । लन्चको बेला यो स्मार्टफोन विश्वभर निकै पपुलर भएको थियो । हाल कम्पनीले यस सीरीजको बारेमा एक ठुलो महत्वपुर्ण जानकारी शेयर गरेको छ ।
कम्पनीले हालसम्म यस सीरीजका ११ करोड स्मार्टफोनहरु बिक्री गरेको खुलाएको छ । कम्पनीको पोर्टफोलियोमा रेडमीको हिस्सेदारी यसरी बुझ्न सकिन्छ कि कम्पनीले अब यसलाई एक छुट्टै ब्रान्ड बनाएको छ ।
कम्पनीले हालैमा रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो नोट म्याक्सलाई लन्च गरेको थियो । रेडमी नोट ९ प्रो भारतमा दुई भेरियन्टमा लन्च भएको हो । यस फोनको ४जीबी र्याम र ६४जीबी स्टोरेज भेरियन्टको मुल्य १२,९९९ भारु राखिएको छ भने ६जीबी र्याम र १२८जीबी स्टोरेज भेरियन्टको मुल्य १५,९९९ भारु तोकिएको छ ।
त्यस्तै रेडमी नोट प्रो म्याक्स स्मार्टफोनको ६जीबी र्याम र ६४जीबी स्टोरेज भेरियन्टको मुल्य १४,९९९ भारु तोकिएको छ भने फोनको ६जीबी र्याम र १२८जीबी स्टोरेजको मुल्य १६,९९९ र ८जीबी र्याम र १२८जीबी स्टोरेज भेरियन्टको मुल्य १८,९९९ भारु राखिएको छ ।
भारतमा रेडमी ९ प्रो १७ मार्च देखि र रेडमी ९ प्रो म्याक्स २५ मार्च देखि सेलको लागी उपलब्ध हुने छ ।
रेडमी नोट ९ प्रो म्याक्स स्मार्टफोनको डिस्प्ले ६.६७ इन्चको आईपिएस एलसिटी रहेको छ । यस डिस्प्ले रिफ्रेश रेट ६०एचजेड र टच स्याम्पलिङ रेट १२०एचजेड रहेको छ ।
नोट प्रो म्याक्स स्मार्टपोनको फ्रन्ट र ब्याकमा ट्रिपल कोर्निङ्ग गोरिल्ला ग्लास ५ प्रोटेक्शन रहको छ । यस स्मार्टफोनमा पञ्चहोल डिस्प्ले र आरा डिजाइन ब्याक प्रदान गरिएको छ । यो फोन तीन कलर अप्शन ब्ल्याक, ग्लेशियर ह्वाइट र आरा ब्ल्यु मा रहेको छ ।
नेपाली बजारमा पनि शाओमीले रेडमी नोट ९ को सिरिज लन्च गर्न सक्नेछ । कम्पनीले यसअघिदेखि नै रेडमी सिरिजका फोनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित: २ चैत्र २०७६, आईतवार