
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकमले आफ्नो भीस्याट सेवाको दररेट परिवर्तन गरेको छ । नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले बिक्री बितरण गरिरहेको भीस्याट सेवाको प्राइभेट क्याटोगरीअन्रगतको ग्राहकहरुका लागि नयाँ शुल्क दर कायम गरेको हो ।
टेलिकमकाअनुसार माघ १ गतेदेखि लागू हुने गरेर नयाँ शुल्क तोकिएको छ । जसअनुसार भ्वाइस कल चार्ज प्रति लाइन मासिक ६ हजार रुपैयाँ तोकिएको छ भने यसमा ६ हजार कल नै निशुल्क उपलब्ध हुनेछ ।
त्यस्तै डाटातर्फ भने फरक फरक दरहरु कायम गरिएका छन् ।
डाटामा १२८ केबिपिएस रेन्टर मासिकको दर ६ हजार ४ सय रुपैयाँ तोकिएको छ भने २५६ केबिपिएस रेन्टलको मासिक १३ हजार २ सय रुपैयाँ तोकिएको छ । यसैगरि ५१२ केबिपिएस रेन्टलको मासिक शुल्क भने १९ हजार २ सय रुपैयाँ तोकिएको टेलिकमले जनाएको छ ।
*हेडलाइन सम्पादित
प्रकाशित: २८ पुष २०७६, सोमबार