
काठमाडौं ।
काठमाडौं । ब्लाक फ्राईडेको अवसरमा ग्राहकहरुले विश्वभर ७ अर्ब डलर भन्दा बढिको किनमेल अनलाइनमार्फत गरेका छन्।
बिक्रेताहरुले सो अवधिमा अधिकतम छुटमा सामाग्रीहरु उपलब्ध गराएका थिए भने ग्राहकहरुले कम्प्यूटर, ट्याबलेट र स्मार्टफोनमार्फत ७.४ अर्ब डलर खर्च गरेका थिए ।
एनालाईटिक्स कम्पनी एडोबकाअनुसार ग्राहकहरुले स्टोरमा गएर भन्दा अनलाइनबाट खरिद गर्न रुची देखाएका थिए जुन रेकर्ड खरिद बिक्री भएको छ ।
अनलाइनमा लोकप्रिय सामाग्रीहरुमा बालबालिकाहरुको खेलौना, भिडियो गेम, इलेक्ट्रोनिक्स सामाग्रीहरु रहेका थिए । जसमध्ये केबल २.९ अर्ब डलर केबल स्मार्टफोनहरु खरिदका लागि मात्र खर्च गरिएको थियो ।
डाटाअनुसार यो वर्ष अनलाइन सेल्समा १९.६ प्रतिशतको वृद्धि भएको छ तर यसले प्रक्षेपण गरिएको तथ्यांकलाई भने भेट्न सकेन् ।
अमेरिकी थ्यांक्सगिभिंगमा हुने कारोबारमा वार्षिकरुपमा २.३ प्रतिशतको वृद्धि भएपनि ब्ल्याक फ्राईडेको अवसरमा हुने खरिद बिक्री भने ६.२ प्रतिशतले घटेको छ । एजेन्सी
प्रकाशित: १६ मंसिर २०७६, सोमबार