क्यान महासंघ निर्वाचनमा निर्विरोध उम्मेद्वारमध्ये कुँवर पक्षको पल्ला भारी, यी हुन् निर्विरोध सदस्यहरु

  • Technology Khabar | ४ मंसिर २०७६, बुधबार
क्यान महासंघ निर्वाचनमा निर्विरोध उम्मेद्वारमध्ये कुँवर पक्षको पल्ला भारी, यी हुन् निर्विरोध सदस्यहरु

काठमाडौं ।

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)को आसन्न निर्वाचनका लागि मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ । यहि मंसिर ७ गते हुने निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र उपाध्यक्ष सुनैना घिमिरे पाण्डेको प्यानल नै चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेको छ ।

अध्यक्ष र ३८ जना सदस्यको निर्वाचनका लागि समूहगत उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन समितिको कार्यालयले प्रकाशित गरेको छ। अन्तिम नामावलीअनुसार कुँवर पक्षका १४ जना र पाण्डे पक्षका ४ जना निर्विरोध भएका छन् ।

निर्विरोध उम्मेदवारहरुको सूची र नामावाली हेर्दा कुँवर पक्षको पल्ला भारी भएको छ भने उनको पक्षले बहुमत कार्यसमिती सदस्य ल्याउने अनुमान गरिएको छ ।

मंगलबार प्रकाशित अन्तिम उम्मेद्वार नामावलीबाट वस्तुगत सदस्य तर्फ नारायण थापा, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा र भोजराज भट्टको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध निर्वाचित भएका छन् । वस्तुगत सदस्य तर्फ पाण्डे प्यानलबाट कुनै उम्मेदवारहरु आउन सकेनन भने निर्विरोध भएका चारै जना उम्मेदवारहरु कुँवर प्यानलका हुन्।

प्रदेशतर्फ भने दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश नं. २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश नं. ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश, हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट, ठाकुर कुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश नं. १ बाट निर्विरोध भए ।

त्यस्तै संस्थागत महिलातर्फ कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।व्यक्तिगत महिला तर्फ कुँवर पक्षबाट रत्न तारा वैद्य र पाण्डे पक्षबाट सुस्मा शर्मा र गुण केशरी प्रधान निर्विरोध निर्वाचित भएका छन् ।

अन्य बाँकी पदहरुमा भने प्रत्यक्ष मतदान हुने भएको छ ।

पाण्डे समूहका उम्मेदवार बिच नै प्रतिस्पर्धा

लेखा समितिको ३ पदका लागि जिल्ला शाखाबाट संस्थागत समूहमा कुँवर पक्षबाट लक्ष्मण यादव र पाण्डे पक्षबाट केशब भट्टराई, कुँवर समूहमा भिमसेन गिरी र पाण्डे समूहबाट प्रशान्त टण्डन,  र व्यक्तिगत समूहमा कुँवर प्यानलबाट हृदयमान श्रेष्ठ र पाण्डे समूहबाट दुई जना राजु कट्टेल तथा नारायण प्रकाश भुजू को उम्मेद्वारी परेको छ ।

व्यक्तिगत समूहमा पाण्डे प्यानलका उम्मेद्वारद्धय राजु कट्टेल नारायण प्रकाश भुजूबिच नै प्रतिस्पर्धा हुने देखिएको छ।

क्यान महासंघको विधान अनुसार जिल्ला शाखाबाट प्रत्येक प्रदेशबाट २ र २ जनाका दरले १४ जना, संस्थागत सदस्यबाट पुरुष तर्फ ४ र महिला तर्फ ३ जना, संस्थागत आजिवन सदस्यबाट ३ जना, व्यक्तिगत सदस्यबाट पुरुष तर्फ ४ र महिला तर्फ ३ जना, व्यक्तिगत आजिवन सदस्यबाट ३ जना र विषयगत सदस्यबाट ४ जना गरी जम्मा ३८ जना निर्वाचित हुनेछन् ।

Namawali_CAN

प्रकाशित: ४ मंसिर २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार