माइक्रोसफ्टका बिल गेट्स बने संसारका सबैभन्दा धनी व्यक्ति, अमेजनका जेफ बेजोसलाई उछिने

Technology Khabar १ मंसिर २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । विश्वको धनीहरुको सूचीमा टेक्नोलोजी कम्पनीका संस्थापक तथा लगानीकर्ताहरुको बर्चश्व रहँदै आएको छ । विश्वका धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा बिगत केहि वर्षदेखि रहँदै आएका अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोसलाई यसपटक भने माइक्रोसफ्टका बिल गेट्सले जितेका छन् ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स पुन विश्को धनी व्यक्ति भएका हुन् । हालै आएको ब्लूमबर्ग बिलियनर्स इन्डेक्सकाअनुसार जेफलाई उछिनेका गेट्सको कुल सम्पत्ति ११० बिलियन डलर रहेको छ ।

माइक्रोसफ्टका सहसंस्थापक गेट्स पहिलो पटक गत २ वर्षमा प्रमुख स्थानमा आएका हुन् । उनले बेजोसलाई गत महिना उछिनेका थिए जतिबेला अमेजनको गत ३ महिनाको नाफामा गत वर्षको तुलनामा २८ प्रतिशतले कमी देखिएको थियो ।

गेट्सलाई पुन पहिलो स्थानमा ल्याउनेमा हालै भएको १० बिलियन डलरको क्लाउड कम्प्यूटिंग टेण्डर अवार्ड मुख्य कारक रहेको छ ।

दोस्रो स्थानमा झरेका बेजोसको सम्पत्ति अब १०८.७ बिलयन डलर रहेको छ । यसअघि बेजोसको सम्पत्ति घट्नुमा उनको श्रीमतिलाई सम्बन्ध विच्छेदमा अमेजनको स्टेक दिनुपनि मुख्य कारणमा रहेको छ ।

प्रकाशित: १ मंसिर २०७६, आईतवार

तपाइको प्रतिक्रिया