
काठमाडौं ।
काठमाडौं । प्रदेश ५ को सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा नियुक्त भएका छन। बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले बाँस्कोटालाई आगामी ५ बर्षको कार्यकालका लागि नियुक्त गरेको हो ।
बिगतमा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा कार्यकारी निर्देशकको रुपमा काम गरेका उनले राष्ट्रिय परिचयपत्र, सवारी अनुमती पत्र, राष्ट्रिय डाटासेन्टर, बिपत ब्यबस्थापन केन्द्र, सरकारी नेटवर्क तथा बिध्युतीय मानकलगायतका परियोजनाहरुमा समेत काम गरेका थिए ।
त्यस्तै, एसियाली बिकास बैंकको सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत सन्चालन भएको सूचना प्रविधी बिकास परियोजनाको कार्यक्रम निर्देशक भई बिद्युतीय सरकार गुरुयोजनाको कार्यान्वयन गरेका थिए । करिब २ दशक काठमाडौं विश्वविद्यालयको प्राध्यापककोरुपमा रही कम्प्युटर ईन्जिनियरिङ शिक्षाको क्षेत्रमा लामो योगदान दिएका उनले बिभिन्न मन्त्रालय तथा अन्तर्रास्ट्रिय बिकास साझेदारहरुको बिज्ञको रुपमा काम गरिसकेका छन् ।
बाँस्कोटा २०५५ साल देखी काठमाडौं विश्वविद्यालयमा कम्प्युटर ईन्जिनियरिङ्ग बिभागको सह प्राध्यापक तथा बिभागीय प्रमुखको रुपमा कार्यरत थिए ।
प्रकाशित: २० कार्तिक २०७६, बुधबार