
काठमाडौं ।
काठमाडौं । डाटाबेस तथा क्लाउड कम्यूटिंग कम्पनी ओर्याकलका प्रमुख कार्यकारी अधिकृत मार्क हर्डको ६२ वर्षको उमेरमा निधन भएको छ ।
उनले हालै कम्पनीबाट स्वास्थ्य बिदा लिएका थिए ।
हर्डले सन् २०१० मा ओर्याकलमा काम गर्न शुरु गरेका थिए, जहाँ उनलाई तत्कालिन सिईओ ल्यारी एलिसनले नियुक्त गरेका थिए । उनले सन् २०१४ देखि ओर्याकललाई साफ्रा क्याट्जको साथमा संयुक्तरुपमा नेतृत्व प्रदान गरेका थिए । तर साफ्रा क्याट्जले पछि बिदा लिएपनि उनले नै कम्पनीको नेतृत्व गर्दै आएका थिए ।
हर्डले यसअघि इन्टरप्राइजेट टेक्नोलोजी कम्पनी एनसीआर कर्पमा आफ्नो अधिकांश व्यवसायीक जीवन बिताएका थिए भने त्यहाँबाट उनी कम्प्यूटिंग कम्पनी हेवलेट प्याकर्ड(एचपी)मा गएका थिए । हार्डवेयर कम्प्यूटिंग बजारमा एचपी कम्पनीलाई अगाडि चिनाउने श्रेय उनलाई जाने गर्दछ । एजेन्सी
प्रकाशित: ३ कार्तिक २०७६, आईतवार