एप्पल फेरी विश्वको मूल्यवान टेक कम्पनी बन्न सफल, माइक्रोसफ्टलाई उछिन्दै पहिलो स्थानमा

Technology Khabar २८ आश्विन २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । हालै सार्वजनिक भएको आइफोन ११ सिरिजसँगै एप्पल फेरी मूल्यबान कम्पनी बन्न सफल भएको छ । आइफोन ११ को बजार मागमा भएको वृद्धिसँगै एप्पलले माइक्रोसफ्टलाई उछिनेर ट्रिलियन डलर कम्पनी हुन सफल भएको हो ।

अमेरिकी टेक कम्पनी एप्पलले माइक्रोसफ्टभन्दा माथि १.०७ ट्रिलियन डलर मार्केक क्यापिटलाइजेसनसहित मूल्यबान कम्पनी भएको हो ।
अमेरिका चीन व्यापार युद्धको सकारात्मक समाचार आएसँगै एप्पलको स्टक मूल्य बढेर २३६.२१ अमेरिकी डलर पुगेको थियो । यो मूल्य १ वर्ष अगाडिको उच्च बजार मूल्यभन्दा पनि बढि हो ।

हालै अमेरिका र चीनबिच व्यापार वाताकारहरुबिच प्रारम्भिक सहमतीमा पुगेका थिए जसले एप्पललाई पनि सहयोग पुर्याउने छ । सो प्रस्तावअनुसार १५६ बिलियन डलरबराबरका चिनियाँ सामाग्रीहरुमा १५ प्रतिशतको मात्र कर लगाउने छ, जसमा स्मार्टफोनहरु अन्य उपभोग्य सामाग्रीहरु रहेका छन, यो अगामी डिसेम्बर १५ तारिखदेखि लागू हुनेछ ।

अहिलेको अवस्थामा केबल २ कम्पनीहरु एप्पल र माइक्रोसफ्ट मात्र १ ट्रिलियन डलर मार्केट क्यापिटल भएका कम्पनीहरु हुन भने जेफ बेजोसको अमेजन निकै नजिक रहेको छ । एजेन्सी

प्रकाशित: २८ आश्विन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया