काठमाडौं ।
काठमाडौं । गूगलले अमेरिकामा अनलाइन ऋण उपलब्ध गराउने एप्सहरुमा प्रतिबन्ध लगाएको छ । गूगलले प्ले स्टोरमा व्यक्तिगत लोन उपलब्ध गराउने एप्सहरुलाई निकै घातक भएको भन्दै प्रतिबन्ध लगाएको हो ।
ती एप्सहरुमार्फत विभिन्न कम्पनीहरुले ३६ प्रतिशत वा सो भन्दा बढिको वार्षिक ब्याजदरमा ऋणहरु उपलब्ध गराउँदै आएका थिए ।
यस्तो ऋणलाई ‘पेडे लोन’ (Payday Loan)को रुपमा पनि चिनिन्छ । यस्तो ऋण सानो रकम वा अंकको हुने गर्दछ जसमा उच्च दरको ब्याज लगाइन्छ र त्यस्तो ऋण अर्को रकम प्राप्त गर्ने बित्तिकै भुक्तानी गर्ने गरिन्छ ।
गूगलका प्रवक्ताले भने यो वर्षको शुरुवातमा नै बिस्तार गरिएको वित्तीय नीतिअनुसार नै सो प्रतिबन्ध गरिएको उल्लेख गरेका छन् । जसमा उपभोक्ताहरुलाई शोषण गर्ने शर्तको विरुद्ध यूजर्सलाई सुरक्षित पार्ने रहेको छ ।
यो प्रतिबन्धले ऋण दिने संस्थाहरु पनि गूगलको कदमबाट असन्तुष्ट भएका छन् । जसले गर्दा या त उनीहरुले ब्याजदर घटाउनुपर्नेछ वा पूर्णरुपमा त्यसलाई छोडनुपर्नेछ ।
अनलाइन लेण्डर एलाइन्स सिईओ मेरी ज्याक्सनले कम्पनीहरुको प्राक्टिस अनुमति प्राप्त भएको बताएकी छिन् र उनले कानूनीरुपमा संचालन हुने कम्पनीहरु प्रभावित हुने तर्क गर्दै उपभोक्ताहरुले पनि कानूनी ऋण खोजिरहेका हुने बताएकी छिन् । एजेन्सी
प्रकाशित: २७ आश्विन २०७६, सोमबार