सर्च इन्जिन गूगलले पुरा गर्यो २१ वर्ष, ईतिहासलाई ताजा गर्न तयार पार्यो विशेष डूडल

Technology Khabar १० आश्विन २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौँ । सर्च इन्जिन गूगलले शुक्रबारबाट २१ वर्ष पुरा गरेको छ । कम्पनीले आज आफ्नो २१ औं जन्मदिन मनाईरहेको छ ।

जन्मोत्सवको अवसर पारेर गूगलले सर्च इन्जिन पेजमा विशेष डूडल तयार पारेको छ । जहाँ १९९८ को एउटा डेस्कटप कम्प्यूटर र त्यसको स्क्रीनमा पुरानो गूगल होमपेज देखिन्छ । कम्पनीले यो डूडलमार्फत आफ्नो ईतिहासलाई ताजा गर्ने प्रयास गरेको छ।

गूगल दुई अमेरिकी छात्रहरुले कलेज प्रोजेक्ट वर्कको रुपमा शुरुवात गरेका थिए र पछि यो विश्वभर चर्चित हुन पुग्यो ।

सन् १९९८ सेप्टेम्बर २७ मा ल्यारी पेज र सर्गेई ब्रिनद्धारा यसको खोज गरिएको थियो ।त्यसबेला उनीहरु स्ट्यानफोर्ड विश्वविद्यालयका विद्यार्थीहरु थिए ।

हाल गूगल १०० भन्दा बढि भाषाहरुमा संचालन हुने गर्दछ ।

प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया