एनसेलको प्राइभेट क्लाउड प्लेटफर्म ‘अप्सरा’ संचालनमा, डिजिटल रणनीतिको लागी अलिबाबासँग सहकार्य

  • Technology Khabar | २१ भाद्र २०७६, शनिबार
एनसेलको प्राइभेट क्लाउड प्लेटफर्म ‘अप्सरा’ संचालनमा, डिजिटल रणनीतिको लागी अलिबाबासँग सहकार्य

काठमाडौं ।

काठमाडौं । टेलिकम अपरेटर कम्पनी एनसेलले अलिबाबाको क्लाउड प्लेटफर्म प्रयोग गरेको छ। अलिबाबा क्लाउडको रणनीतिक पार्टनर डिजिटल ट्रान्सफर्म कम्पनी ह्वेल क्लाउडले अलिबाबाको अप्सरा क्लाउड प्लेटफर्म एनसेलको डिजिटल रणनीतिक क्षेत्रका लागि लन्च गरेको हो ।

अलिबाबाको अप्सरा स्टाकलाई ह्वेल क्लाउडले सहजता प्रदान गरेको छ, जसलाई अलिबाबाले फूल स्टाक क्लाउड सर्भिसको रुपमा सिर्जना गरेको हो ।

अप्सरा स्टाकले अलिबाबा क्लाउडमा आधारित रहेर ओपन, यूनिफाइड क्लाउड प्लेटफर्म इन्टरप्राइज कस्टमरलाई सेवा दिन्छ । यसले आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म र मसिन लर्निंग फ्रेमवक्र्स तथा जीपीयू कम्प्यूटिंग सर्भिसेजलाई सहयोग गर्दछ ।

एनसेलका लागि ह्वेल क्लाउडले डिजिटल बीएसएस सर्भिसका साथमा अप्सरा क्लाउड जडान गरेको हो । एनसेलको बिजनेस डेभलपमेन्टका लागि डिजिटल बीएसएसले अप्सरा क्लाउडका लागि बिल्ट इन टेक्नोलोजीका साथसाथै बिग डाटा एनालाइसिसका लागि सहजता प्रदान गर्दछ । त्यस्तै यसले एआई, मिडलवेयर र सेक्यूरिटी सर्भिसेज पनि उपलब्ध गराउँछ ।

ह्वेल क्लाउडको सहयोगमा एनसेलले आफ्नो व्यवसायलाई थप बौद्धिक, विश्वसनिय, सुरक्षित र उच्च मापनीय बनाउने बताईएको छ ।

अप्सरा क्लाउड एनसेलका लागि डिजिटल फाउन्डेसनको रुपमा प्राइभेट क्लाउड सर्भिस हो । यसको सहयोगमा एनसेलले डाटा इन्टेलिजेन्स, एआई इन्टेलिजेन्स उत्पादनहरु र टेक्नोलोजीहरुमा पहुँच प्राप्त गर्न सहयोगी हुनेछ । एनसेलले यो नयाँ आईटि प्लेफर्म ग्राहकको अनुभवलाई उच्चतम बनाउन प्रयोग गरिरहेको बताईएको छ ।

अप्सरा क्लाउडको माध्यमबाट ह्वेल क्लाउडले एनसेलसँग पहिलो पटक चीनभन्दा बाहिर प्राइभेट क्लाउड बनाएको हो ।

ह्वेल क्लाउड टेक्नोलोजी कम्पनी लिमिटेड सन् २००३मा स्थापना भएको हो यो अलिबाबा ग्रुप अन्तरगत संचालनमा रहेको छ ।

प्रकाशित: २१ भाद्र २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार