‘क्वीक भुक्तानी’ सेवाका लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता

  • Technology Khabar | १५ भाद्र २०७६, आईतवार
‘क्वीक भुक्तानी’ सेवाका लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता

काठमाडौं ।

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच ‘क्वीक भुक्तानी’ सेवा प्रयोगका लागि सम्झौता भएको छ ।

‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ Invoice Discounting तथा रिभर्स फ्याक्टरिङ प्लेटफर्म Reverse Factoring Platform युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । सम्झौता अनुसार, मेगा बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लेटफर्ममार्फत इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ ।

विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता र सप्लायरहरु, क्रेता कम्पनीहरूले यस प्लेटफर्म प्रयोग गरी तुरुन्तै मेगा बैंकबाट भुक्तानी लिन सक्नेछन् । सप्लायरले क्रेता कम्पनीलाई सामान उपलब्ध गराईसकेपछि यो प्लेटफर्म प्रयोग गरी सामानको बिल बराबरको रकम तुरुन्तै बैंकबाट भुक्तानीको व्यवस्था मिलाइएको छ ।

यसले सप्लायरहरुलाई बिलको रकम तुरुन्त भुक्तानीको सुविधा प्रदान गर्दछ भने क्रेता कम्पनीहरूलाई आफ्नो चालु पूँजी व्यवस्थापन गर्न मद्दत मिल्ने बताईएको छ ।

यस अनलाईन प्लेटफर्मबाट बैंक, क्रेता कम्पनी र सप्लायरहरु एकैसाथ आबद्ध हुनसक्ने बैंकले जनाएको छ ।

प्रकाशित: १५ भाद्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...