शाओमीको आउँदो स्मार्टफोन रेडमी के३० प्रोमा ५जी कनेक्टिभिटी हुने, अहिले विकासकै चरणमा

  • Technology Khabar | १० भाद्र २०७६, मंगलवार
शाओमीको आउँदो स्मार्टफोन रेडमी के३० प्रोमा ५जी कनेक्टिभिटी हुने, अहिले विकासकै चरणमा
रेडमी के२० प्रोको तस्विर

काठमाडौं ।

काठमाडौं । शाओमीको अर्को ब्राण्ड रेडमीले यहि साता विश्व बजारमा नोट ८ सिरिज लन्च गर्ने तयारी गरेको छ । हालैमात्र रेडमीले नेपाली बजारमा आफ्नो पावरफुल स्मार्टफोन रेडमी के२० प्रो (Redmi K20 Pro) लन्च गरेको थियो ।

तर कम्पनीले रेडमी के२० प्रोको अपग्रेड भर्सनको बारेमा प्रचार गर्न शुरु गरिसकेको छ । आफ्नो नयाँ आउने नोट ८ सिरिजको पूर्वसंध्यामा अर्को फोन रेडमी के३० (Redmi K30) को बारेमा कम्पनीका ब्राण्ड म्यानेजरले नै नयाँ जानकारी दिएका हुन् ।

ब्राण्ड म्यानेजर लु वेईबिंगले चिनियाँ सोसियल साइट वेबोमा रेडमी के ३० स्मार्टफोन आउने र त्यसमा ५जी कनेक्टिभिटी सपोर्ट हुने बताए । तर सो स्मार्टफोन अहिले अनुसन्धान तथा विकासको चरणमा नै भएको जानकारी समेत दिएका छन् ।

सो स्मार्टफोनमा ५जी उपलब्ध भएमा शाओमीपनि सस्तो स्मार्टफोनमा ५जी ल्याउने प्रतिस्पर्धाको बारेमा आउनेछ । रेडमी अफोर्डेबल ब्राण्डको रुपमा शाओमीले ल्याएको हो । जसअन्तरगत मिडरेन्जका सस्तो मूल्यमा स्मार्टफोनहरु लन्च भईरहेका छन् । रेडमी का कुनैपनि डिभाइसहरुमा अहिलेसम्म स्न्यापड्रागन एक्स५० मोडेम प्रयोग भएको छैन् । यदपि रेडमी के२० प्रोमा सैद्धान्तिकरुपमा भने सो संचालन हुन सक्नेछ तर कम्पनीले के२० प्रोमा स्न्यापड्रागन ८५५ चीपसेट राखेको छ ।

रेडमीको के३० स्मार्टफोन अबको करिब ६ महिनापछि मात्र उपलब्ध हुनेछ र संभवत त्यो बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसमा आगामी वर्ष लन्च हुनसक्नेछ । एजेन्सी

प्रकाशित: १० भाद्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार