एप्पलले सन् २०२० मा ५जी सपोर्ट गर्ने ३ वटा आइफोन लन्च गर्ने

  • Technology Khabar | १३ श्रावण २०७६, सोमबार
एप्पलले सन् २०२० मा ५जी सपोर्ट गर्ने ३ वटा आइफोन लन्च गर्ने

काठमाडौं ।

काठमाडौं । अन्तर्राष्ट्रिय विश्लेषक तथा एप्पलको बारेमा सटिक विश्लेषण गर्दै आएका मिंग ची कुओले एप्पलको बारेमा नयाँ प्रक्षेपण गरेका छन् ।

कुओकाअनुसार एप्पलले सन् २०२० को दोस्रो अर्ध वार्षिकमा तीनवटा नयाँ आइफोन लन्च गर्नेछ र ती सबैमा फाइभजी प्रविधि हुनेछन् । उनले संभवत एप्पलले पहिलो पटक ५जी युक्त आइफोन त्यसबेला मात्रै ल्याउने अनुमान गरेका छन् ।

अमेरिकी बजारको आवश्यकतालाई पुरा गर्न एप्पलले एमएमवेभ र सब ६ गीगाहर्ज नेटवर्किंग सपोट गर्ने गरि आफ्ना फोनहरु ल्याउने छ । त्यसैले सन् २०२० मा एप्पलले ५जी सपोर्ट गर्ने तीनवटा आइफोनहरु लन्च गर्नेछ ।

यसबाहेक एप्पलले केबल ६गीगाहर्ज मात्र सपोर्ट गर्ने ५जी आइफोन पनि ल्याउन सक्ने अनुमान गरिएको छ । किनकी चीनजस्ता बजारहरुमा सो प्रविधि मात्र उपयोग हुन्छ भने यसको लाखत मूल्य पनि कम हुने र बजार हिस्सा बढाउन उयुक्त हुने अनुमान छ ।

एप्पलले विशेषगरि ग्लोबल भर्सनलाई प्राथमिकामा राख्ने र सस्तो आइफोनहरु ल्याउन नसक्ने आशंका भने व्यक्त गरेका छन् ।

एप्पलले केहि दिनअघि मात्र इन्टेलको स्मार्टफोन मोडेम डिभिजन किन्ने घोषणा गरेको थियो । एप्पलका लागि यो निर्णय निकै महत्वपूर्ण रहेको छ, किनकी बजारमा एन्ड्रोयडमा आधारित ५जी सपोर्ट गर्ने धेरै स्मार्टफोनहरु बजारमा आईसकेको छ जून निकै सस्ता पनि छन् । त्यसैले पनि एप्पललाई ५जी आइफोन सस्तो मूल्यमा ल्याउन कठिन नै हुनसक्नेछ ।

यसबाहेक इन्डष्ट्रि आपूर्ति चेनको माध्यमबाट आएको जानकारीअनुसार सन् २०२१ देखि सम्पूर्ण आईफोनहरु ५जी सपोर्ट गर्ने मात्र हुनेछन् । सोहि अवधिमा एप्पलले आफैंले विकास गरेको ५जी मोडेम सन् २०२२ देखि २०२३ को बिचमा सार्वजनिक गर्नसक्नेछ । एजेन्सी

प्रकाशित: १३ श्रावण २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार