नेशनल अष्ट्रेलिया बैंकका १३ हजार ग्राहकको डाटा उल्लंघन, डाटा सर्भिस कम्पनीहरुमा अपलोड

  • Technology Khabar | ११ श्रावण २०७६, शनिबार
नेशनल अष्ट्रेलिया बैंकका १३ हजार ग्राहकको डाटा उल्लंघन, डाटा सर्भिस कम्पनीहरुमा अपलोड

काठमाडौं ।

काठमाडौं । नेशनल अष्ट्रेलिया बैंक लिमिटेडले आफ्ना १३ हजार ग्राहकहरुको डाटा उल्लंघन भएको जानकारी दिएको छ । बैंककाअनुसार ती ग्राहकहरुको व्यक्तिगत डाटा अनुमति बिना नै दुई डाटा सर्भिस कम्पनीहरुमा अपलोड गरिएको छ ।

अष्ट्रेलियाको चौथो ठूलो बैंकले शुक्रबार सो डाटा ब्रिचको बारेमा जानकारी दिँदै साइबर सेक्यूरिटीको विषय भने नभएको उल्लेख गरेको छ । बैंकले लग इन डिटेल र पासवर्डहरुमा भने कुनै समस्या नदेखिएको बताएको छ ।

‘यो मानविय समस्याको विषय हो र यो नेशनल अष्ट्रेलिया बैंकको डाटा सेक्यूरिटी पोलिसीअन्तरगत डाटा ब्रिचको घट्ना हो,’ बैंकको वेबसाइटमा राखिएको सो बारेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तो अपलोड गरिएको डाटामा कष्टमरको नाम, उनीहरुको जन्ममिति, सम्पर्क नम्बरहरु र केहि घट्नाहरुमा सरकारी परिचयपत्र नम्बरहरुलगायत छन् ।

सो घट्नामा कुनैपनि सूचनाहरु प्रतिलिपि गरिएको वा अन्य स्थानहरुमा सार्वजनिक गरिएको कुनै प्रमाण नभएको बताईएको छ ।

डाटा सर्भिस कम्पनीहरुलाई त्यसबारेमा बैंकले दिएको जानकारीको आधारमा उनीहरुले २ घण्टाभित्र त्यसलाई डिलिट गरिएको थियो ।

यो घट्ना बैंकले आफ्नो नयाँ प्रमुख कार्यकारीमा रोस म्याकएवानलाई नियुक्त गरेको केहि साताभित्रै भएको छ । रोयटर्स

प्रकाशित: ११ श्रावण २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार