काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले एफटिटिएच सेवामार्फत टेलिफोन सुविधा लिएका ग्राहकहरुलाई नेपालभर कल गर्न सक्ने सुविधा थप गर्ने भएको छ।
नेपाल टेलिकमले एफटिटिएच सेवामा भ्वाइस कलको सुविधा लिएका ग्राहकहरुले यहि साउन ५ गतेदेखि अन्य अपरेटरको नेटवर्कमा पनि फोनकल गर्न सकिने सुविधा दिने भएको छ । कम्पनीले यसबाहेक अन्तर्राष्ट्रिय कललगायतका सेवाहरु थप गर्न दूरसंचार कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
नेपाल टेलिकमले सार्वजनिक सूचना प्रकाशित गर्दै हाल एफटिटिएच इन्टरनेट सेवाग्राहीहरुलाई दिँदै आएको निशुल्क भ्वाएस कल सेवा गएको असार मसान्तदेखि समाप्त भएको उल्लेख गरेको छ । त्यसैगरि साउन ५ गतेपछि एफटिटिएच सेवामार्फत भ्वाइस सेवा लिएका ग्राहकहरुको ल्याण्डलाइन नम्बरहरुमा ब्यालेन्स रकम नभएमा भ्वाइस कल सेवा बन्द हुनसक्ने जानकारी दिएको छ ।
टेलिकमले एफटिटिएचमा भ्वाइस कल सेवा शुचारु गर्न न्यूनतम २५६ कर रकमसहित रिचार्ज गर्न समेत सेवाग्राहीलाई अनुरोध गरेकोछ ।
एफटिटिएचमार्फत संचालित ल्याण्डलाइन नम्बरहरुमा पनि पीएसटिएन नम्बरहरुसरह टेलिकम कार्यालय, एमपीओएस प्रविधि, बैंक वा टेलिकमका कुनैपनि नम्बरहरुबाट १४१२ मा डायल गरी रिचार्ज कार्डमार्फत रिचार्ज गर्न सकिने सुविधा रहेको जनाएको छ ।
प्रकाशित: ३ श्रावण २०७६, शुक्रबार