
काठमाडौं ।
काठमाडौं । केहि दिनदेखि तपाईँले आफ्नो ट्विटर एकाउन्टको डिजाइन परिवर्तन भएको अनुभव गर्नुभएको होला । कतिलाई यो नयाँ इन्टरफेस रमाइलो लाग्यो होला, कतिलाई पुरानो नै ठिक भन्ने लाग्यो होला ।
तर ट्विटरले करिब ६ महिनाको परीक्षण पछि नयाँ इन्टरफेस डिजाइन सबैको लागि उपलब्ध गराएको छ । कम्पनीले नयाँ डेस्कटप इन्टरफेस भर्सन सबै प्रयोगकर्ताहरुको लागि उपलब्ध गराएको हो ।
नयाँ रिफ्रेस डिजाइनलाई यसअघिको भन्दा अझ सरलिकृत गर्न खोजिएको छ भने यसको लेफ्ट साइडबारलाई नयाँ रुप दिईएको छ । सिधै मेसेज पठाउनको लागि परम्परागत लूक्स दिईएको छ भने एकाउन्ट स्वीच गर्न सहज भएको छ भने दुईवटा डार्क मोड थीमहरुसहित अन्य नयाँ फीचरहरु रहेका छन् ।
नयाँ डिजाइनमा अक्षरहरु पनि ठूलो साइजमा देखिनेछन भने एडभान्स सर्चको सुविधा छ । मोमेन्टस, ट्विटर एनालाइसिस, एडलाई मोर भित्र राखिएको छ भने टप ट्रेन्डिंगलाई डेस्कटपको दायाँ भागमा देखाईएको छ । बुकमार्क फीचरलाई पनि डेस्कटकको मूख्य नेभिगेसनमा राखिएको छ ।
प्रकाशित: ३१ असार २०७६, मंगलवार