साओमीको सिसि सिरिजमा तीन नयाँ स्मार्टफोन सार्वजनिक, युवा पुस्ता लक्षित भएको कम्पनीको भनाई

Technology Khabar १८ असार २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफ्नो नयाँ सिरिज एमआई सिसिको नयाँ स्मार्टफोन लन्च गरेको छ ।

कम्पनीले चीनमा सिसि सिरिजको नयाँ फोन एमआई सिसि ९ र एमआई सिसि ९ई तथा एमआई सिसि ९ मेटू कस्टम एडिसन लन्च गरेको हो ।

कम्पनीले यो नयाँ सिरिजका स्मार्टफोनहरु युवाहरुलाई ध्यानमा राखेर ल्याएको बताएको छ । यी दुईवटै स्मार्टफोनहरुमा स्न्यापड्रागन ७१० चीपसेट प्रयोग गरिएको छ भने एमआई सिसि ९ईमा स्न्यापड्रागन ६६५ चीपसेट राखिएको छ ।

यी तीनवटै स्मार्टफोनहरुमध्ये एमआई सिसि ९ मेटू कस्टम एडिसन र एमआई सिसि ९ स्मार्टफोनमा र्याम, स्टोरेज, कलर भेरिएन्टको मात्र फरक छ ।

साओमी एमआई सिसि ९ मा ६जीबी र्याम र ६४ जीबी स्टोरेज, १२८ जीबी स्टोरेज रहेको छ भने अर्को साओमी एमआई सिसि ९ईमा ४जीबी र्याम र ६४ जीबी स्टोरेज, ६ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ । यी दुबै स्मार्टफोनहरु ब्लू प्लेनेट, डार्क प्रिन्स र ह्वाइट लभर कलर अप्सनमा आउँछ । यी स्मार्टफोनहरुको मूल्य क्रमशः १,७९९ यूआन र १,२९९ यूआनदेखि शुरु हुन्छ ।

त्यस्तै एमआई सिसि ९ मेटू कस्टम एडिसन सबैभन्दा महंगो स्मार्टफोन हो । यसको ८जीबी र्याम र २५६ जीबी स्टोरेज भएको स्मार्टफोनको मूल्य २,५९९ यूआन रहेको छ । यो स्मार्टफोन ह्वाइट ग्रेडिएन्ट फिनिशका साथ लन्च गरिएको छ । एमआई सिसि ९ र एमआई सिसि ९ मेटू कस्टम एडिसन चीनमा जुलाई ५ तारिखदेखि तथा अर्को एमआई ९ ईको बिक्री ९ जुलाईदेखि शुरु हुनेछ।

एमआई सिसि ९ र एमआई सिसि ९ मेटू कस्टम एडिसनमा ६.३९ इन्चको फूलएचडी प्लस एमालेड डिस्प्लेछ । यसमा फोटोको लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ट्रिपल रियर क्यामरा सेटअप छ । फोनमा ४,०३० एमएएचको ब्याट्री प्याक छ भने १८ वाटको फास्ट चार्जर रहेको छ ।

अर्को स्मार्टफोन एमआई सिसि ९ईमा ६.०८८ इन्चको एचडी प्लस एमालेड डिस्प्ले छ । फोनमा क्यामरा सेटअप, ब्याट्री पावर अन्य दुई स्मार्टफोनको जस्तै रहेको छ भने फोनमा १८ वाट फास्ट चार्जिंग दिईएको छ ।

प्रकाशित: १८ असार २०७६, बुधबार

तपाइको प्रतिक्रिया