
काठमाडौं ।
काठमाडौं । सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी नोट १० को बारेमा जानकारीहरु धेरै समयदेखि आईरहेका छन् । अब भने कम्पनीले नोट १० स्मार्टफोन लन्च गर्ने मिति नै घोषणा गरेको छ ।
यहि आउँदो अगस्ट ७ गते सामसंगले अनप्याक्ड २०१९ इभेन्ट राखेको छ । जहाँ कम्पनीले आफ्नो नयाँ डिभाइस लन्च गर्नेछ । अमेरिकाको न्यूयोर्कमा आयोजना हुने सो डिभाइसको बारेमा हालै भिडियो शेयर गरेको छ । जसमा एस पेन र सिंगल क्यामरा देखाईएको छ ।
यसमा देखाईएको क्यामराको भिडियोमार्फत यो बुझ्न सकिन्छ की ग्यालेक्सी नोट १० मा सिंगल पन्च होल क्यामरा रहनेछ, र यो पन्च होल डिस्प्लेको माथिल्लो केन्द्रमा हुनेछ ।
सामसंगले नोट १० सिरिजमा ३ वटा मोडलहरु लन्च गर्ने अनुमान गरिएको छ । जसमा भेनिला नोट १०, नोट १० प्लस र ५जी भेरिएन्ट हुनेछ । सामसंगले नोट १० मा ६.३ इन्चर ६.७५ इन्चको दुईवटा डिस्प्लेसहितको भेरिएन्ट हुनेछ । ठूलो स्क्रीन साइज प्लस मोडलको रुपमा आउनेछ ।
यसमा राखिने रियर क्यामरा ठाडो डिजाइनमा हुनेछ भने संभवत पहिलो ट्रिपल क्यामरा सेटअप भएको स्मार्टफोन हुनेछ । त्यस्तै यसमा ३.५ एमएम हेडफोन ज्याक हटाईने छ भने माइक्रोएसडी कार्ड स्लट पनि हुनेछैन् । यसमा साउण्ड अन डिस्प्ले टेक्नोलोजी प्रयोग गरिनेछ भने २५वाट फास्ट चार्जका साथमा आउनेछ ।
Time to level up. Galaxy Unpacked on August 7, 2019. #SamsungEvent pic.twitter.com/2CtFPjFCAr
— Samsung Mobile (@SamsungMobile) July 2, 2019
प्रकाशित: १७ असार २०७६, मंगलवार