टाटा टियागोको नयाँ भर्सन टाटा एक्सजेड प्लस नेपालमा सार्वजनिक

Technology Khabar ९ असार २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले औपचारिक रूपमा नयाँ ‘टाटा टियागो एक्सजेड प्लस’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी भएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार टाटा टियागो गाडीभित्रको भाग वा इन्टेरियरमा स्पेशान एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको आकर्षक ७ ईन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ।

बाहिरी भागमा भएको १८० एमएम ग्राउन्ड क्लियरेन्सले अप्ठेरो बाटोमा पनि सहज यात्राको अनुभव गराउँछ। बिल्कुलै नयाँ स्पोर्टी १५ ईन्च डुअल टोन एलोय पांग्राहरूले गाडीको आकर्षण बढाएको छ।

अन्य रोचक विशेषतामा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प,फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउण्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएको कम्पनीले जनाएको छ।

टाटा टियागो एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीयस जस्ता उच्चतम प्राविधिक विशेषताहरू रहेका छन्।

त्यसैगरी आरामदायी यात्राको सुनिश्चितता गर्न भेरियन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट लगायतका विशेषता छन्।

इन्टरनेश्नल बिजनेसका प्रमुख सुजन रोयका अनुसार इम्प्याक्ट डिजाइन अन्तर्गत सार्वजनिक गरिएको हाम्रो पहिलो उत्पादन टियागो सन् २०१६ मा सार्वजनिक भएदेखि नै आकर्षक, नवीन र विशेषताहरुले भरिपूर्ण कारका रूपमा अग्रस्थानमा रहेको टाटा मोटर्सका प्यासेन्जर भेइकल्स हो ।

टाटा टियागो भेरियन्टहरू ६ आकर्षक रंगहरू कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाईट,प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन्। यसमा स्ट्यान्डर्ड वारेन्टी पनि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ९ असार २०७६, सोमबार

तपाइको प्रतिक्रिया