प्रिमियम स्मार्टफोन बजारमा एप्पल अग्रस्थानमा, सामसंग दोस्रोमा हुँदा ह्वावेको बजार भने दोब्बरले बढ्यो

  • Technology Khabar | ५ असार २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । प्रिमियम स्मार्टफोनको बजारमा अझैपनि एप्पलको बर्चश्व कायमै रहेको छ । हालै काउन्टप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको रिपोर्टअनुसार एप्पलले प्रिमियम स्मार्टफोनको बजारलाई प्रभावित बनाउने गरेको देखिएको छ ।

रिपोर्टअनुसार सन्२०१९ को पहिलो त्रैमासिकमा एप्पलको शिपमेन्ट घट्दा विश्वको स्मार्टफोन प्रिमियम सेगमेन्टपनि घटेको छ ।

पहिलो क्वाटरमा एप्पलको बिक्री २० प्रतिशतले घटेको छ जसले गर्दा वार्षिक प्रिमियम स्मार्टफोनको बजार ८ प्रतिशतले घटेको छ । एप्पलको प्रिमियम स्मार्टफोनको बजार हिस्सा ४७ प्रतिशतमा झरेको छ ।

एप्पलले बजार गुमाएपनि अर्को टेक कम्पनी सामसंगले भने आफ्नो हिस्सा बढाउन सफल भएको छ । सामसंगले पहिलो क्वाटरमा आफ्नो प्रिमियम स्मार्टफोन बिक्रीको हिस्सा २५ प्रतिशत पुर्याएको छ । यो यसअघिका वर्षहरुमध्ये सबैभन्दा उच्च हो । सामसंगको बजार बढ्नुमा कम्पनीले पहिलो पटक एस सिरिजमा तीनवटा डिभाइसहरु लन्च गर्नु मुख्य कारण रहेको छ ।

रिपोर्टको विश्लेषणअनुसार एप्पलको बिक्री घट्नुमा आइफोनहरुको लामो अवधिसम्मको उपयोगलाई मानिएको छ । यूजरहरुले आफ्नो आइफोन छिटोछिटो रिप्लेस गर्न नचाहेको देखिएकोछ । आइफोनहरुको रिप्लेस अर्थात पुरानोको साटो नयाँ किन्ने अवधि अब २ वर्षबाट बढेर ३ वर्ष पुगेको छ ।

यसबाहेक एप्पलको शेयर घट्नुमा सामसंगको ग्यालेक्सी एस १० सिरिजको डिजाइनमा आएको उल्लेखनिय परिवर्तन पनि हो भने उच्च तहको आइफोनहरुको तुलनामा उपयुक्त मूल्य र फोनको फीचरहरुले पनि असर पारेको छ ।

एप्पलको बजार घट्नुमा चिनियाँ बजारमा आइफोनको माग घट्नुपनि अर्को कारण हो जहाँ करिब ५० प्रतिशत भन्दा बढि प्रिमियम स्मार्टफोनको बिक्री घटेको अनुमान गरिएको छ ।

तर सन् २०१९ र २०२० को बिचमा प्रिमियम सेगमेन्टका स्मार्टफोनको बजार बढ्ने अनुमान गरिएको छ । त्यसबेलासम्ममा अधिकांश डिभाइसहरु ५जीसहित आउने अपेक्षा गरिएको छ ।

प्रिमियम स्मार्टफोन सेगमेन्टमा चिनियाँ टेक कम्पनी ह्वावेले तेस्रो स्थान हात पारेको छ । ह्वावेले आफ्नो बिक्रीलाई दोब्बरले बढाउँदै १६ प्रतिशत प्रिमियम फोनको बजार हिस्सा लिएको छ । यसको बजार बढ्नुमा असाधारण क्यामरा क्वालिटी  एआई टेक्नोलोजी, उच्चतहको निर्माण क्वालिटीलगायत रहेको छ ।

यी प्रमुख तीन कम्पनीहरुले प्रिमियम सेगमेन्टको ८८ प्रतिशत बजार हिस्सा ओगटेका छन भने अन्य कम्पनीहरुको बाँकी हिस्सा छ ।
यसमध्ये वानप्लसले पनि आफ्नो बजार प्रिमियम सेगमेन्टमा कायमै राखेको छ । पहिलो क्वाटरमा वानप्लसको बजार २ प्रतिशत रहेको छ र यसलाई उत्कृष्ट ५ कम्पनीभित्र पार्नमा वनप्लस सिक्स टी स्मार्टफोनको बिक्री महत्वपूर्ण रहेको छ ।

प्रिमियम स्मार्टफोन सेगमेन्टमा अर्को कम्पनी गूगलले पनि २ प्रतिशत हिस्सा राखेको छ । कम्पनीले पिक्सेल स्मार्टफोनमार्फत यो हिस्सा ओगटेको हो ।

बाकी ८ प्रतिशत प्रिमियम स्मार्टफोनको हिस्सा अन्य कम्पनीहरुको नाममा रहेको छ । जसमा विभिन्न बजारहरुको आधारमा हेर्दा फरक फरक कम्पनीहरु रहेका छन् । यसमा साओमी, सोनी, मोटोरोला, भीभो र ओपो रहेका छन् ।

क्षेत्रगतरुपमा हेर्दा भने नर्थ अमेरिकी मार्केटमा प्रिमियम डिभाइसहरुको बिक्री धेरै छ जसले कुल बजार मध्ये ३० प्रतिशत बजार ओगटेको छ । त्यसैगरि चीनमा २६ प्रतिशत, पश्चिम युरोपमा १७ प्रतिशत रहेको छ ।

स्रोत

प्रकाशित: ५ असार २०७६, बिहीबार

तपाइको प्रतिक्रिया