एप्पलको नयाँ अपरेटिंग सिस्टम यी डिभाइसमा मात्र पाईने, लिस्टमा तपाईँको डिभाइस पर्यो ?

Technology Khabar २२ जेष्ठ २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । एप्पलले आफ्नो बार्षिक डेभलपर्स कन्फ्रेन्समा आफ्नो नयाँ अपरेटिंग सिस्टमको घोषणा गरेको छ । कम्पनीले सो अपरेटिंग सिस्टममा विभिन्न फीचरहरु राखेर प्रयोगकर्ताहरुलाई नयाँ अनुभव दिने स्पष्ट पारिसकेको छ ।

सो नयाँ अपरेटिंग सिस्टम आइओएस १३ iOS 13 मा डार्कमोड, कीबोर्डमा स्वाइप फंगसन, एप्पल म्यापमा सुधारलगायत धेरै नयाँ विशेषताहरु छन् ।

यसबाहेक एप्पलले नयाँ आइपयाड ओएस पनि ल्याएको छ जसले एप्पलका ट्याबलेटहरुलाई नयाँ प्रडक्टिभिटी दिने बताईएको छ । कम्पनीले घोषणा गरेका यी दुबै नयाँ अपरेटिंग सिस्टम कुन कुन डिभाइसहरुमा उपलब्ध हुन्छ भन्ने महत्वपूर्ण हो । यसको आधारमा नै एप्पलले कुनै डिभाइसलाई हटाउन लागेको छ भन्ने पनि स्पष्ट हुन्छ ।

एप्पलको आइओएस १३ भर्सन उपलब्ध हुने डिभाइसहरु यी हुन् :-

आइफोन एक्सएस,
आइफोन एक्सएस म्याक्स,
आइफोन एक्सआर,
आइफोन एक्स,
आइफोन ८,
आइफोन एट प्लस,
आइफोन सेभेन,
आइफोन सेभेन प्लस,
आइफोन सिक्स एस,
आइफोन सिक्सएस प्लस,
आइफोन एसई र
आइपड टच सेभेन्थ जेनेरेशन
रहेका छन् ।

आइफोन एक्सएस म्याक्स, आइफोन एक्सआर, आइफोन एक्स, आइफोन ८, आइफोन एट प्लस, आइफोन सेभेन, आइफोन सेभेन प्लस, आइफोन सिक्स एस, आइफोन सिक्सएस प्लस र आइफोन एसई र आइपड टच सेभेन्थ जेनेरेशन रहेका छन् ।

यो लिस्टमा ध्यान दिनुपर्ने विषय भनेको यहाँ आइफोन फाइभएस, आइफोन सिक्स र आइफोन सिक्स प्लसलाई हटाईएको छ । यी सबैमा यसअघिको आइओएस १२ भर्सन उपलब्ध छन भने फार्मवेयर पनि अपडेट भईरहेको छ । तर नयाँ अपरेटिंग सिस्टम भने उपलब्ध हुनेछैन् ।

त्यसैगरि एप्पलको नयाँ आइप्याड ओएस सपोर्ट गर्ने डिभाइसहरुको लिस्ट पनि आएको छ । यी आइप्याडहरुमा मात्र नयाँ आइप्याड ओएस सपोर्ट गर्दछ ।

आइप्याड प्रो १२.९(२०१८)
आइप्याड प्रो १२.९(२०१७)
आइप्याड प्रो १२.९(२०१५)
आइप्याड प्रो ११
आइप्याड प्रो १०.५
आइप्याड प्रो ९.७
आइप्याड प्रो ९.७(२०१८)
आइप्याड प्रो ९.७(२०१७)
आइप्याड एयर
आइप्याड एयर २
आइप्याड एयर मिनी २०१९
आइप्याड मिनी ४

यो लिस्ट हेर्दा यसमा आइप्याड एयर र आइप्याड मिनी २ राखिएको छैन् । जसको अर्थ नयाँ आइप्याडओएस यी दुई आइप्याडमा उपलब्ध हुनेछैन् ।

अब के तपाईँका डिभाइसमा नयाँ अपरेटिंग सिस्टम अपडेट आउँछ त ?

प्रकाशित: २२ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया