बिएमडब्लू र जगुवार ल्याण्ड रोभरले संयुक्तरुपमा इलेक्ट्रिक कारको पार्टस बनाउने

Technology Khabar २२ जेष्ठ २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । अटोमेकर कम्पनी बिएमडब्लू र जगुवार ल्याण्ड रोभरले संयुक्तरुपमा इलेक्ट्रिक मोटर्स, ट्रान्समिसन्स र पावर इलेक्ट्रोनिक्स विकास गर्ने घोषणा गरेका छन् । दुबै कम्पनीले बुधबार गरेको घोषणाले सस्तो मूल्यमा इलेक्ट्रिक कारहरुको विकास गर्न सहयोग गर्ने बताईएको छ ।

बिएडब्लू र जगुवार ल्याण्डरोभरले एकआपसमा साझेदारी गरेर खर्चलाई बचाउनेछन भने दुबैले संयुक्तरुपमा प्रोडक्ट प्लानिंग र इलेक्ट्रिक कार कम्पोनेन्टको संयुक्तरुपमा खरिदारी गर्ने छन् ।

दुबै कम्पनीहरुले इलेक्ट्रिक ड्राइभट्रेनहरु आफ्नो म्यानुफ्याक्चरिंग प्लान्टमा उत्पादन गर्ने बिएमडब्ललूले बताएको छ ।

दुबै कार मेकर कम्पनीहरुले शुन्य कार्बज उत्सर्जन गर्ने गाडिहरु ल्याउन दबाबमा छन भने एन्टि पोलुसन नियम कानूनहरु पालना गर्न पनि दबाबमा छन् । कम्पनीहरुले छिटो समयमा गरिने विकास र स्टेट अफ आर्ट टेक्नोलोजीका साथमा नयाँ भेहिकल ल्याउने प्रयास गरिरहेको बताएका छन् ।

यसअघि फिएटक्राइस्लर र रेनोले संयुक्तरुपमा ३५ बिलियन अमेरिकी डलर इलेक्ट्रिक भेहिकल विकासमा लगाउने घोषणा गरेका थिए । बिएमडब्लू र जगुवार ल्याण्डरोभरको हालको घोषणा त्यसको असरको रुपमा आएको अनुमान गरिएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया