Technology Khabar ८ माघ २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्स चौथो बर्षमा प्रवेश गरेको छ।
गोयन्का इलेक्ट्रोनिक्सले सूर्य ब्रान्ड इण्डियासँगको सहकार्यमा सूर्य ब्रान्डका आइरन, मीक्स्चर ग्रान्डर, पंखा, ग्यास चुलो, हिटर, इलेक्ट्रिक गीजर र सेलो ब्रान्ड इण्डियाको सहकार्यमा सेलो एयर कुलर, लेक्स ब्रान्डको एयर कन्डिसन बजारमा उपलब्ध गराउँदै आएको छ।
आगामी आर्थिक बर्षमा शतप्रतिशत बजार वृद्धि गरि १ सय करोड रुपैयाँ बराबरको व्यापार गर्ने कम्पनीको योजना छ।
हाल नेपालभर यसका २ सय डिलर छन भने गोयन्का इलेक्ट्रोनिक्सले अबको पाँच वर्षमा नेपालको कुल इलेक्ट्रोनिक्स बजारको १५ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने दाबी गरेको छ।
ग्राहकलाई समयमा नै सेवा प्रदान गर्नको लागि काठमाडौं, पोखरा, नारायणघाट , बिराटनगरमा सर्भीस सेन्टर थप गर्ने योजना बनाएको छ ।
प्रकाशित: ८ माघ २०७५, मंगलवार