Technology Khabar २ पुष २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर१७ प्रो (R17 Pro)सार्वजनिक गरेको छ । उपभोक्ताका दैनिक आवश्यकताको पूर्ति गर्ने सोचका साथ आर१७ प्रो नयाँआकर्षक ग्राडियण्ट डिजाइन र नवप्रबर्तनात्मक प्रविधिको उत्कृष्ट समायोजनका रुपमा सार्वजनिक गरिएको हो । पाको, न्यूरोडमा आइतवार फस्र्ट सेल कार्यक्रमको आयोजना गर्दै कम्पनीले आधिकारिक रुपमा नेपालमा आर१७ प्रोको विक्रि आरम्भको घोषणा गरेको हो ।
स्क्रिनको ९१.५% ओगट्ने १९.५ः९ एफएचडी प्लस ६.४ ईञ्च स्क्रिन सहितको आर१७ प्रोमा वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । उपभोक्तालाई ठूलो स्क्रिन टू बडी रेसियो अनुभव दिने सोचका साथ कम्पनीले फोनको फ्रण्ट क्यामेरा वाटर ड्रपलेटको मध्य भागमा समायोजित गरेको छ । फोनको गति र कार्य क्षमतामा तिब्रताका लागि ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज सहितको आर१७ प्रोको स्क्रीनलाई कोर्निङ गोरिल्ला ग्लास ६ प्रयोग गरिएको पहिलो उपकरण हो ।
कलरओएस ५.२मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली प्रयोग गरिएको यो फोनलाई क्वालकम स्न्यापड्र्यागन ७१० प्रोसेसरले शक्ति प्रदान गर्छ ।
‘नेपालमा आर सिरिज प्रवेशको घोषणा गर्न पाउँदा हामी निकै प्रफुल्लित छौँ । हामीले आर१७प्रोलाई नवप्रबर्तनात्मक प्रविधिका साथै उत्कृष्ट डिजाइन मार्फत प्रयोगकर्तालाई प्रतियोगितात्मक यूगमा कटिङ एड्ज स्मार्टफोनका रुपमा आर१७ प्रोको निर्माण गरेका छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
ग्राडियण्ट डिजाइन
नेबुलापर्पल रंगमा आर१५ सार्वजनिक गरेदेखि नै ओपोले स्मार्टफोन उद्योगमा ग्राडियण्ट डिजाइनका साथमा उद्योगमा नयाँ ट्रेण्डको सुरुवात तथा अगुवाइ गरिरहेको छ । आर१७ प्रोमा कम्पनीले प्रकाशलाई उपकरणको माथिल्लो तहमा बहन सघाउने लाईट कन्डेन्सिङ तह सहित नयाँ अवधारणामा आधारित ‘थ्रीकलर र बाई/क्वाड डिरेक्सन’ ग्राडियण्ट डिजाइनको प्रयोग गरेको छ ।
नवप्रबर्तनात्मक प्रविधि
हिडन फिंगर प्रिण्ट अनलक सहितको आर१७प्रोमा प्रयोगकर्तालाई तिब्रगतिमासुरक्षिततवरले चार्ज गर्न सघाउने सुपरभोक फ्ल्यास चार्जिङ (super VOOC) प्रविधि पनि उपलब्धगरिएको छ । उपभोक्ताको माग र ब्यवहारको गहन अध्ययन पश्चात सुपरभोक प्रविधिको विकास गरिएको हो । यो प्रविधिले आर१७ प्रो प्रयोगकर्तालाई करिव १० मिनेटको समयमै आफ्नो फोनको ब्याट्रि ४०% चार्ज गर्ने क्षमता प्रदान गर्छ । उपभोक्ताको तिब्रगतिमाविश्वसनिय, सुरक्षित र टिकाउ तरिकाले चार्ज गर्ने चाहनाको सम्बोधनार्थ कम्पनीले यो चार्जिङ प्रविधिको विकास गरेको हो । फोनले मोबाइल पेमेण्टलाई सहज र सुलभ बनाउने एनएफसी ताररहित भुक्तानी सुविधापनि प्रदान गर्छ ।

गुणस्तरिय फोटोग्राफी
उत्पादनमा समाहितप्रविधिका कुरा गर्दा ‘नाइट सुटिङ’ अझैपनि स्मार्टफोन उद्योगकालागि एक प्रमुख चुनौतिका रुपमा विद्यमान छ । विशेषगरी नाईट फोटोग्राफीलाई ध्यानमा राखी ओपो आर१७ प्रोमा हार्डवेयर तथा सफ्टवेयर दूवै पक्षमा स्तरोन्नती गरिएको छ । आर१७प्रोमा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभल एआई अल्ट्रा क्लियर ईञ्जिनको ब्यवस्था गरिएको छ ।
ओपो आर१७ प्रोमा एफ१.५/एफ२.४को भ्यारिएबल स्मार्ट एपर्चर दिइएको छ । यसले कम वा अधिक प्रकाश भएका दूबै अवस्थामा तस्विरलाई स्पष्ट र गुणस्तरिय बनाउन स्वचालित रुपमा आफुलाई समायोजन गर्ने क्षमता राख्छ । त्यसैगरी फोनमा अप्टिकल ईमेज स्टेबलाइजेशन (ओआईएस) प्रविधिपनि छ ।
सेन्सरका कुरा गर्दा आर१७ प्रोमा मुख्य क्यामेराका रुपमा सोनी आईएमएक्स३६२को प्रयोग गरिएको छ । १२ एमपीको यो क्यामेरामा तिब्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको ब्यवस्था गरिएको छ । साथै, नोइज लेभल कमगर्न तथा चहकिला नाइट सट्सका लागि फोनमा १.४ माइक्रोन पिक्सेल साइज र १/२.५५ सेन्सर साइजको ब्यवस्था फोनमा रहेको छ ।
एआर स्टिकर्स
आफ्ना प्रियजनसंग रोचक सेल्फी सेयर गर्न सकियोस् भन्ने सोचका साथ आर१७ प्रोमा एआर स्टिकर सुविधा पनि उपलब्ध गरिएको छ । तेस्रो पक्षिय एप डाउनलोड गर्न नपर्ने गरी फोनको क्यामेरा एपमा ईनब्यूल्ट रुपमै फोनमा समाहित गरिएको छ ।
हिडन फिंगरप्रिण्ट अनलक
प्रयोगकर्ता अनुभवलाई थप एक कदम अगाडी लग्दै ओपोले नयाँ फिचरका रुपमा आर१७ प्रोमा ‘हिडन फिंगरप्रिण्ट अनलक’उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई विनाकुनै झञ्झट अझ सहज तरिकाले फोन अनलकगर्न सघाउँछ ।
कलरओएस ५.२
कम्पनीले आर१७ प्रोमा कलरओएस ५.२मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणालीको प्रयोग गरेको छ । यस ओएसमा थपिएको फिचरका रुपमाफुल स्क्रिन मल्टि टास्किङ स्मार्टबारलाई लिन सकिन्छ । यसले प्रयोगकर्तालाई गेमिङ वा भिडियो हेर्ने जस्ता फुल–स्क्रिन कार्य गरिरहँदा म्यासेजको रिप्लाई गर्ने लगायत कार्यमा सहजता प्रदान गर्छ ।
मूल्य ८९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको ओपो आर१७ प्रो देशभरका प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: २ पुष २०७५, सोमबार