
काठमाडौं ।
काठमाडौं । चिनियाँ फोन मेकर कम्पनी भीभोले दुईवटा डिस्प्ले भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ।
कम्पनीले चीनमा भीभो नेक्स ड्यूल (Vivo Nex dual) लन्च गरेको छ, जसको दुबै साइडमा डिस्प्ले राखिएको छ । यसको फ्रन्ट र ब्याकमा डिस्प्ले रहेको छ । भीभो नेक्स ड्यूलको ब्याकमा लुनार रिंग राखिएको छ, जून तस्विर खिच्ने बेलामा एलईडी मोड्यूलको जस्तो काम गर्दछ ।
चीनमा मात्र सार्वजनिक यो फोन २९ डिसेम्बरदेखि चीनमा बिक्रीका लागि उपलब्ध हुनेछ, जसको मूल्य ४,९९८ यूआन (करिब ८४ हजार रुपैयाँ) तोकिएको छ ।
भीभो नेक्स ड्यूल डिस्प्ले एडिसन चीन भन्दा बाहिर कहिले लन्च हुन्छ भन्ने जानकारी छैन् ।
भीभो नेक्स ड्यूलमा मुख्य डिस्प्लेको साइज ६.३९ इन्चको छ, जसको रिजोल्यूशन २३४०x१०८० पिक्सेल छ भने पछाडिको भागमा ५.४९ इन्चको डिस्प्ले छ, जसको रिजोल्यूशन १९२०x१०८० पिक्सेल छ । फोनको रियर डिस्प्लेको स्क्रीन रेसियो १६:९ छ ।

फोटोग्राफीका लागि ब्याकमा ट्रिपल क्यामरा सेटअप छ, जसमा १२ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको सेन्सर छ भने तेस्रो टिओएफ थ्रीडी स्टेरियो क्यामरा छ ।
भीभो नेक्स ड्यूल मा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको छ, जसमा १० जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ ।
पावरको लागि यसमा ३,५०० एमएएचको ब्याट्री प्याक छ जून फास्ट चार्जका साथ आउँछ ।
फोनमा यूएसबी टाइप सी पोर्ट राखिएको छ ।
प्रकाशित: २६ मंसिर २०७५, बुधबार