
काठमाडौं ।
काठमाडौं । अष्ट्रेलियाको संसदले टेक कम्पनीहरुले प्रयोग गरिरहेको इन्क्रिप्सनको बारेमा विश्वमा नै सबैभन्दा कडा कानून पास गरेको छ । अष्ट्रेलियाको संसदले एन्टि इन्क्रिप्सन कानून विहिवार पास गरेपछि फेसबुक जस्ता कम्पनीहरुलाई दबाब बढेको छ ।
नयाँ कानूनले टेक कम्पनीहरुले प्रदान गर्दै आएको इन्क्रिप्सनसहितको मेसेज पठाउने सिस्टममा सरकारी अधिकारीहरुले छानबिन गर्न सक्ने भएका हुन् ।
नयाँ कानूनी अधिकारअनुसार अब अष्ट्रेलियामा आतंकवाद र संगठित अपराधको घट्नामा त्यस्तो किसिमको इन्क्रिप्टेड मेसेजको अध्ययन तथा अनुसन्धान गर्न सक्ने भएको हो ।
कानून पासभएपछि प्रहरी तथा अनुसन्धान एजेन्सीहरुलाई टेक कम्पनीहरुले दिँदै आएको इन्क्रिप्टेड मेसेजलाई डिक्रिप्ट गर्नुपर्ने प्रावधान रहेको छ ।
फेसबुक, ह्वाट्सएप, टेलिग्राम, सिग्नल जस्ता टेक कम्पनीहरुले मेसेज प्रणालीलाई सुरक्षित र गोप्य राख्नको लागि इन्क्रिप्सन प्रविधिको प्रयोग गर्दै आएका छन् । तर अब भने यी कम्पनीहरुले अनुसन्धानको क्रममा सरकारलाई डाटा संकलन गर्न सहयोग गर्ने वा कोड राख्नुपर्ने भएको छ ।
नयाँ कानून बनाउनका लागि अष्ट्रेलियाका दुबै ठूला राजनीतिक दलहरु सहमत भएका थिए ।
नयाँ कानूनले अष्ट्रेलियालाई टेक कम्पनीहरु र सरकार गोपनियता र सुरक्षाको बारेमा बिच विश्वभर छेडिएको युद्धको केन्द्रमा ल्याएको छ ।
प्रकाशित: २१ मंसिर २०७५, शुक्रबार