
काठमाडौं ।
काठमाडौं । थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ ।
सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ ।
सूचना प्रविधि विभागद्धारा तयार गरिएको सो एप गाउँपालिकाको सम्पूर्ण विवरणसहित सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
गाउँपालिका अध्यक्ष राईले जो कोहीले भोगेको समस्या, गुनासो, गाउँपालिका वा जनप्रतिनिधिका बारेका सुझाव मोबाइल एपबाट नै दर्ता गर्न सकिने स्पष्ट पारे।
विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारेमा आफ्नो धारणा राख्न सकिने भएको छ । सात गाउँपालिकामध्ये मोबाइल एप सार्वजानिक गर्नेमा थुलुङदूधकोशी पहिलो बनेको छ । सोलुदूधकुण्ड नगरपालिकाले भने केही महीनाअघि नै मोबाइल एप सार्वजनिक गरेको थियो ।
तपाईँ पनि यो मोबाइल एप डाउनलोड गरेर प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित: ६ मंसिर २०७५, बिहीबार