सानिमा बैंकको अनलाइन सेयर कारोबार सेवा शुरु

  • Technology Khabar | २७ कार्तिक २०७५, मंगलवार
सानिमा बैंकको अनलाइन सेयर कारोबार सेवा शुरु

काठमाडौं ।

काठमाडौं । सानिमा बैंकले अनलाइनबाट सेयर कारोबार गर्न सकिने नयाँ सेवा ल्याएको छ। बैंकले ‘थ्री इन वन एकाउन्ट’ सेवा अन्तर्गत यो सेवा ल्याएको जानकारी दिएको छ।

नेपालमै पहिलोपटक यस्तो सेवा सुरु गरेको दावी गर्ने बैंकको यो सेवा अन्तर्गत बैंकका सेवाग्राहीहरुले सेयर कारोबार गर्न सक्नेछन्। योसँगै कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनुपर्ने छैन।

यो सेवा बैंकले सानिमा सानिमा क्यापिटलसँगको सहकार्यमा दिने बैंकले जनाएको छ ।

प्रकाशित: २७ कार्तिक २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...