टेकराडार मोबाइल च्वाइस कञ्जुमरद्वारा ओपोलाई ‘वान टू वाच एवार्ड’ सम्मान

Technology Khabar ११ कार्तिक २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । ओपोलाई लण्डनमा टेकराडारद्वारा आयोजित मोबाइल कञ्जुमर च्वाइस अवार्ड समारोहमा ‘वान टू वाच प्राइज’द्वारा सम्मानित गरिएको छ ।

यस बर्ष ओपोले आफ्नो नवप्रबर्तनात्मक प्रविधि र मापदण्ड भन्दा माथी उठेर विकासका चुनौति स्विकार्ने प्रबृत्तिका कारण शाब्दिक रुपमा जुरीलाई उत्साहित तुल्याउन सफल भएको थियो । तिब्र प्रतिस्पर्धाका बाबजुत ओपोले आफुलाई यसबर्षको हेर्नै पर्ने ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ ।

‘यस अवार्डले उपभोक्ताका चाहना, माग र आवश्यकताको समाधानका लागि हाम्रो नवप्रबर्तन, डिजाइन र विकासप्रतिको निरन्तर लगाव र प्रयत्नको सम्मानका रुपमा हामीले लिएका छौँ, यो सम्मानले हामीलाई भविस्यमा अझ उत्कृष्टताका साथ प्रस्तुत हुने प्रोत्साहन मिलेको छ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

विभिन्न कम्पनी मध्येबाट उपभोक्ताको छनोटका आधारमा ओपोलाई ‘वान टू वाच प्राइज’द्वारा सम्मानित गरिएको हो ।

मोबाइल च्वाइस कञ्जुमर एवार्ड, विगत १८ बर्षदेखि मोबाइल उद्योगका उत्कृष्ट (ह्याण्डसेट देखि सर्भिस, ब्राण्ड्स देखि रिटेलर) लाई सम्मानित गरिने कार्यक्रम हो । सन् २०१८को विशेष संस्करणका लागि मोबाइल च्वाइस अवार्डले यूकेको अग्रणी प्राविधिक वेभसाइट ‘टेकराडार’ संग अझ बढी उपभोक्ता भोटिङका लागि सहकार्य गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ११ कार्तिक २०७५, आईतवार

तपाइको प्रतिक्रिया