
काठमाडौं ।
बेलायतका नियामकहरूले एन्थ्रोपिकको पछिल्लो एआई मोडेलबाट उत्पन्न हुन सक्ने जोखिम मूल्यांकन गर्न हतारमा अध्ययन थालेको फाइनान्सियल टाइम्सले आइतबार जनाएको छ।
बेलायतका वित्तीय नियामकहरू सरकारले सञ्चालन गर्ने साइबर सुरक्षा निकाय र ठूला बैंकहरूसँग तत्काल बैठक गरिरहेका छन्, जसमाएन्थ्रोपिकको नयाँ कृत्रिम बुद्धिमत्ता मोडेलले निम्त्याउन सक्ने जोखिमको मूल्यांकन गरिँदैछ, फाइनान्सियल टाइम्सले जनाएको छ।
फाइनान्सियल टाइम्सका अनुसार, ब्याङ्क अफ इङ्ल्याण्ड, फाइनान्सिल कण्डक्ट अथोरिटी र ट्रेजरीका अधिकारीहरूले नेशनल साइबर सेक्युरिटी सेन्टरसँग छलफल गर्दैएन्थ्रोपिकको पछिल्लो एआई मोडेलले देखाएका महत्वपूर्ण आईटी प्रणालीका सम्भावित कमजोरीहरूको अध्ययन गरिरहेका छन्।
एन्थ्रोपिकले प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ। ब्याङ्क अफ इङ्ल्याण्ड, एफसीए र एनसीएससीले पनि टिप्पणी गर्न अस्वीकार गरेका छन्। यूके ट्रेजरीबाट तत्काल प्रतिक्रिया प्राप्त हुन सकेन।
पत्रिकाका अनुसार बेलायतका ठूला बैंक, बीमा कम्पनी र एक्सचेन्जका प्रतिनिधिहरूलाई आगामी दुई साताभित्र नियामकहरूसँग हुने बैठकमा क्लोड माइथो प्रिभ्यू मोडेलसँग सम्बन्धित साइबर सुरक्षा जोखिमबारे जानकारी गराइने अपेक्षा गरिएको छ।
रोयटर्सले शुक्रबार दुई स्रोतलाई उद्धृत गर्दै अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले पनि उक्त मोडेलको साइबर जोखिमबारे छलफल गर्न वाल स्ट्रिटका प्रमुख बैंकहरूसँग बैठक बोलाएको जनाएको थियो।
एआई स्टार्टअपएन्थ्रोपिकले यो मोडेल “प्रोजेक्ट ग्लासविङ” अन्तर्गत सीमित रूपमा प्रयोगमा ल्याइएको बताएको छ, जसमा छानिएका संस्थाहरूलाई सार्वजनिक रूपमा जारी नभएको क्लोड माइथो प्रिभ्यू मोडेललाई साइबर सुरक्षा रक्षात्मक प्रयोजनका लागि प्रयोग गर्न अनुमति दिइएको छ।
यस महिनाको सुरुवातमा प्रकाशित ब्लग पोस्टमाएन्थ्रोपिकले उक्त मोडेलले अपरेटिङ सिस्टम, वेब ब्राउजर र अन्य व्यापक रूपमा प्रयोग हुने सफ्टवेयरमा हजारौं महत्वपूर्ण कमजोरीहरू पहिचान गरिसकेको जनाएको छ।
प्रकाशित: १ बैशाख २०८३, मंगलवार