ईकमर्श कम्पनी अलिबाबाको सिईओमा ड्यानिल झांग आए, संस्थापक ज्याक माले लिए अवकाश

Technology Khabar २५ भाद्र २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । चीनको सबैभन्दा ठूलो ईकमर्श कम्पनी अलिबाबाले नयाँ प्रमुख कार्यकारी अधिकृतको घोषणा गरेको छ । कम्पनीका संस्थापक ज्याक माले ५४ वर्षपछि अवकाश लिएपछि कम्पनीले नया सिईओमा ड्यानियल झांगलाई नियुक्त गरेको घोषणा गरेको छ ।

झांगले मा को स्थान लिनेछन् । ज्याक माले आगामी सन् २०१९ सेप्टेम्बर १० देखि कम्पनीको चेयरम्यानबाट बिदा लिने निर्णय गरेसँगै नयाँ व्यक्ति सिईओ भएका हुन् ।

माले चेयरम्यानबाट हटेपनि बोर्ड मेम्बरको रुपमा भने सन् २०२० सम्म काम गर्नेछन् ।

त्यसपछि भने मा अलिबाबा पार्टनरसिपको लाइफटाइम पार्टनर हुनेछन, जसमा ३६ पार्टनर ग्रुपमा अलिबाबाको वरिष्ठहरुलाई राख्ने गरिन्छ । उनीहरुले कम्पनीहरुमाथि विभिन्न किसिमको अधिकार पनि प्रयोग गर्नसक्नेछन् ।

ज्याक मा कम्पनीबाट अवकाश भएपछि उनको रुचीको विषय अध्यापनमा लाग्ने बताएका छन् ।

सन् १९९९ मा माले स्थापना गरेको अलिबाबा विश्वको सबैभन्दा ठूलो ईकमर्श कम्पनीमध्येमा पर्दछ।

नेपालमा पनि अलिबाबाको लगानीमा दराज डटकम संचालनमा रहेको छ । अलिबाबाले रकेट इन्टरनेटशनल कम्पनी खरिद गरेपछि सो कम्पनीअन्तरगत संचालन हुँदै आएको दराज अलिबाबा कम्पनी अन्तरगत गएको हो।

एजेन्सी

प्रकाशित: २५ भाद्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया