Technology Khabar १५ भाद्र २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । भारतीय दूरसंचार कम्पनीहरु आइडिया र भोडाफोन एक आपसमा मर्ज हुने भएका छन् । यी दुबै टेलिकम कम्पनीहरुलाई भारतको राष्ट्रिय कम्पनी कानून ट्रिब्युनल (एनएलसीटी) ले स्वीकृति दिएपछि एक आपसमा गाभिने भएका हुन्।
आदित्य बिरला समूहको टेलिकम कम्पनी आइडिया र भोडाफोनले गत वर्ष नै विलय सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जरपछि यो भारतको सबैभन्दा ठूलो टेलिकम अपरेटर हुनेछ। त्यसपछि भने एयरटेल दोस्रो नम्बरको दूरसंचार कम्पनी हुनेछ। भारतीय दूरसंचार कम्पनी एयरटेल बिगत १५ देखि नम्बर एक दूरसंचार कम्पनी हुँदै आएको छ।
आईडिया सेल्यूलरले भोडाफोन इण्डिया लिमिटेड र भोडाफोन मोबाइल सर्भिसेज लिमिटेडसंग विलयको प्रक्रिया पूरा भएको घोषणा गरेको छ। यसका लागि बालाश शर्मालाई सीईओको बनाईएको छ।
इकोनोमिक्स टाइम्सको रिपोर्टअनुसार आदित्य बिरला समूहको एक अधिकारीले पुष्टि गरे कि यो मर्जरका लागि ट्रिब्युनलको अनुमोदन प्राप्त भएको छ । रिपोर्ट अनुसार, यी दुबै कम्पनीहरुसँग ६० करोड भारु भन्दा बढि आम्दानी तथा ४४० मिलियन ग्राहकहरु हुनेछन् ।
मुकेश अम्बानीको दूरसंचार कम्पनी रिलायन्स जियोको आक्रामक योजना, निःशुल्क डाटा, कल जस्तो सेवाहरु अन्य दूरसंचार कम्पनीहरुका लागि टाउको दुखाइ हुँदै आएको छ ।
पहिले बजारमा थुप्रै दूरसंचार कम्पनीहरू थिए, प्रयोगकर्ताहरूसँग थप विकल्पहरू थिए । तर अब आईडिया र भोडाफोन मर्जरपछि भारमा केवल तीन ठूला टेलिकम कम्पनीहरु भारती एयरटेल, आईडिया भोडाफोन र रिलायन्स जियो इन्फोकम मात्र हुनेछन् । प्रयोगकर्ताहरूसँग कम अप्सन हुँदा आगामी दिनमा फेरी कम्पनीहरुले आफ्नो शुल्क बढाउन सक्ने संभावना छ । रिलायंस जियोले यसको संकेत गरिसकेको छ।
यसपटक जियो फोनका साथमा कुनै विशेष अफरहरू दिइएको थिएन र प्रयोगकर्ताहरूले भर्खरै पूरा भुक्तानी गरेर जियो फोन २ खरीद गर्दैछन्। यस फोनको योजनामा कुनै परिवर्तन भएको छैन, बरु पहिलो योजना पनि साथै दिइएको छ ।
प्रकाशित: १५ भाद्र २०७५, शुक्रबार