
काठमाडौं ।
काठमाडौं । स्मार्ट टेलिकम्युनिकेशन नयाँ ब्राण्डिङ्गका साथ आएको छ ।
कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ। यसअघि ‘स्मार्ट सेल’ का रुपमा परिचित भएकोमा अब ‘स्मार्ट’ का रुपमा आफूलाई प्रस्तुत गरेको छ। ‘योर वर्ल्ड, योर भ्वाइस’ भन्ने नाराका साथ ‘स्मार्ट’लाई अगाडि बढाइने कम्पनीले जनाएको छ।
‘स्मार्ट सेल’ भन्दा जुन दायरा समेटिन्थ्यो, त्यसलाई अझ बढी फराकिलो तुल्याउने उद्देश्यले ‘स्मार्ट’ भनी रिब्राण्डिङ्ग गरिएको हो’ कम्पनीले उल्लेख गरेको छ ।
यसअघि स्मार्ट सेलको सेल र फोरजीले निश्चित सीमाबद्ध गरेको थियो।
स्मार्टले रिब्रान्डिङ्गको साथ ‘इट्स फ्रिडम’ भन्ने नयाँ योजना प्रस्तुत गरेको छ। योजना अन्तर्गत ९९ रुपैयाँमा सिमकार्ड खरिद गरी ५० रुपैयाँको मेन ब्यालेन्स, २०० एमबिडाटा, १० मिनेट टकटाइम र १० एसएमएस ग्राहकले पाउने छन्।
साथै, रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधाहरु प्रदान गरिने कम्पनीले जनाएको छ।
न्यूनतम शूल्कमा डाटा, भ्वाइस, एसएमएस र अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा यसमा रहेको कम्पनीको दावी छ।
थप जानकारीका लागि *141# डायल गरी वा www.smarttel.com.np बाट प्राप्त गर्न सकिनेछ।
प्रकाशित: १० भाद्र २०७५, आईतवार