
काठमाडौं ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) बीच अन्तरबैंक विद्युतिय भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे।
सो सम्झौताअनुसार एनसिएचएलले सिटी एक्सप्रेसलाई अन्तर बैंक भुक्तानी प्रणाली सेवा प्रदान गर्नेछ। सेवा सुरु भएपछि सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रकम हितग्राहीको बैंक खातामा सिधै जम्मा हुने कम्पनीले जनाएको छ।
प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार