काठमाडौं ।
काठमाडौं । ग्लोबल पोजिसनीङ सिस्टम (जिपिएस) ट्रयाकर नेपालको खेदकुदमा पनि प्रयोगमा आएको छ । जिपिएस ट्रयाकर नेपाली फुटबल टोलिले पहिलोपटक प्रयोग गरेको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रबार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेका हो । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो । अन्य मुलुकहरुमा धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो ।
यो प्रविधिले साफको मात्र नभइ नेपाली फुटबलको विकासमा सघाउ पुग्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।
यो प्रविधिको प्रयोगले खेलाडीको सम्पूर्ण अभिलेख राख्छ, अभ्यासमा खेलाडीको प्रतिक्रिया, गति र सीपबारे जानकारी दिन्छ । थाइल्याण्डमा १० दिने प्रशिक्षण र एशियन गेम्सबाट फर्किएपछि नेपाली टोलीले बिहीबारदेखि अभ्यास शुरु गरेको छ । साफको लागि २९ खेलाडी बन्द प्रशिक्षणमा छन् ।
प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार