
काठमाडौं ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । श्रेष्ठ २३ बर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् ।
बीमा क्षेत्रलाईनै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अरब भन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।
प्रकाशित: २३ श्रावण २०७५, बुधबार