नेपाल टेलिकमको मोबाइल टावर माग गर्दै गाउँपालिका अध्यक्ष

  • Technology Khabar | १८ श्रावण २०७५, शुक्रबार
नेपाल टेलिकमको मोबाइल टावर माग गर्दै गाउँपालिका अध्यक्ष
सांकेतिक

काठमाडौं ।

काठमाडौं । सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौं पुगेका छन् ।

सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकबाडामा टावर निर्माणमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह टेलिकमको केन्द्रीय कार्यालय पुगेका हुन् ।

केही वर्षयता सञ्चार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माणपछि नमस्ते मोबाइल सेवाको गुणस्तरीय सेवा उपभोग सहजरुपमा पाउनुपर्ने भन्दै केन्द्रीय कार्यालय पुगेको अध्यक्ष शाहले बताए ।

तीन स्थानमा टावर स्थापना गर्न एस्टर नेपाल प्रालिले ठेक्का लिएर सामग्री ढुवानी शुरु भएको नेपाल टेलिकमका प्रबन्धक अनन्तमान सिंहले जानकारी दिए । उनका अनुसार नायकबाडाको रतनकोटमा हाल सञ्चालनमा रहेको स्काइ मोबाइल सेवाको गुणस्तरलाई समेत अभिवृद्धि गरिनेछ ।

नयाँ निर्माण हुने टावर असोजदेखि सञ्चालनमा आउने छ । साविकको चार गाविसको बारेकोटमा सञ्चार सुविधाको नाममा रतनकोटमा रहेको एकमात्र स्काइ मोबाइलको टावरमा बारम्बार खराबी आइरहँदा सेवाग्राही मर्कामा छन् ।

घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा जाने समस्याले आजित भएका बारेकोटका सेवाग्राहीले यी टावर बनेपछि राहत पाउने गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

बारेकोटमा सञ्चार सुविधा पु¥याउन यसअघि सञ्चार मन्त्रालय, नेपाल टेलिकमलगायतका निकायमा बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको गुनासो छ ।

‘अब ढिलै भए पनि बारेकोटका बासिन्दाले भरपर्दो सञ्चार सेवा तथा डाटा प्रयोग गर्न पाउने आशा छ,’ उनले भने ।

बारेकोटमा टेलिकमको तीन वटा टावर निर्माण गर्ने हालका वनमन्त्री शक्तिबहादुर बस्नेतको चुनावी नारासमेत थियो।

प्रकाशित: १८ श्रावण २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार