सेञ्चुरी कमर्सियल बैंकको थप तीन नयाँ शाखा कार्यालय सञ्चालनमा

  • Technology Khabar | १४ श्रावण २०७५, सोमबार
सेञ्चुरी कमर्सियल बैंकको थप तीन नयाँ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं ।

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुँच थप जनता माझ पु¥याउने उद्देश्यसहित चितवन जिल्लाको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे ।

नयाँ शाखा कार्यालयहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ भने बैंकको गत अषाढ मसान्तमा कुल निक्षेप एकसठ्ठी अर्ब बत्तिस करोड रुपैयाँ तथा कुल कर्जा पचपन्न अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रकाशित: १४ श्रावण २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार