Technology Khabar २९ असार २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । एप्पलले बिहिबार नयाँ म्याकबुक प्रो (Macbook Pro) सार्वजनिक गरेको छ । कम्पनीले १३ इन्च र १५ इन्चको म्याकबुक प्रो नयाँ प्रोसेसरका साथमा ल्याएको हो ।
कम्पनीले नयाँ म्याकबुक प्रोमा ८ औं पुस्ताको इन्टेल कोर प्रोसेसर राखेको छ, जसले १५ इन्चको म्याकमा ७० प्रतिशत अधिक र १३ इन्चको मोडलमा दोब्बरले क्षमता अभिवृद्धि हुने बताईएको छ ।
यी म्याकबुक प्रोमा कम्पनीले भित्री सामाग्री र प्रोसेसरहरुमा अपग्रेड गरेपनि डिजाइनमा भने कुनै परिवर्तन गरेको छैन् ।
नयाँ १५ इन्चको म्याकबुक प्रोमा ३२ जीबी डिडिआर फोर र्याम प्रयोग गरिएको छ ।
नयाँ ल्यापटपहरुमा पहिलो पटक एप्पलको ट्रू टोट टेक्नोलोजी प्रयोग गरिएको छ भने तेस्रो पुस्ताको बटरफ्ल्याई कीबोर्ड राखिएको छ । नयाँ कीबोर्डले छिटो टाइप गर्न सकिनेछ भने यसमा केहि सुधार पनि गरिएको छ ।
टचबार भएका म्याकबुक प्रोमा अपग्रेड गरिएपनि नन टचबार म्याकबुक प्रोमा कुनै परिवर्तन गरिएको छैन् ।
नयाँ ल्यापटपहरुमा ४ टीबीसम्म एसएसडी स्टोरेज प्रयोग गर्न सकिनेछ । त्यस्तै ल्यापटपमा पहिलो पटक हे सिरि फीचर राखिएको छ, जून एप्पलको टि२ चीप कोप्रोसेसरका साथमा उपलब्ध छ ।
एप्पलको १३ इन्चको नयाँ म्याकबुक प्रोको मूल्य २,३९९ अमेरिकी डलरबाट शुरु हुन्छ भने १३ इन्चको नयाँ म्याकबुक प्रोको मूल्य १,७९९ अमेरिकी डलरबाट शुरु हुन्छ ।
प्रकाशित: २९ असार २०७५, शुक्रबार