संचार मन्त्री बाँस्कोटाले भने-इन्टरनेट सेवा शुल्क बढाउने पक्षमा छैन

  • Technology Khabar | २६ असार २०७५, मंगलवार
संचार मन्त्री बाँस्कोटाले भने-इन्टरनेट सेवा शुल्क बढाउने पक्षमा छैन
फाइल

काठमाडौं ।

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय गर्न आफ्नो मन्त्रालय र सचिवलाई सचेत समेत गराएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले निजी क्षेत्रले इन्टरनेट सेवा शुल्क बढाउन खोजेपछि सरकारले के गर्छ भन्ने प्रश्नको जवाफ मन्त्रीले नभई मन्त्रालयले दिनुपर्ने बताए।

इन्टरनेट सेवा शुल्क बढाउने विषयमा ‘आफूलाई धेरै थाहा नहुने’ मन्त्री बाँस्कोटाको भनाई छ । उनले सरकारको नीतिलाई आवश्यक निर्णय लिएर कार्यान्वयनमा लैजाने काम प्रशासन क्षेत्रको भएको पनि स्मरण गराए ।

प्रकाशित: २६ असार २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार