Technology Khabar १० असार २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । गूगलले एन्ड्रोयड डिभाइसको लागि नयाँ फीचर शुरु गरेको छ । कम्पनीले बिहिबारदेखि जारी गरेको नयाँ फीचरबाट विश्वका कयौं देशहरुमा यूजरले इन्टरनेट कनेक्शन नभएपनि वेब सर्च गर्न सक्नेछन् । तर यो सर्च सुविधा गूगल क्रोममा मात्र उपलब्ध रहेको छ ।
गूगलको एन्ड्रोयड अफलाइन फीचरले गर्दा यूजरले मोबाइल फोनमा क्रोममार्फत आफु नजिकको विभिन्न जानकारीहरु डाउनलोड समेत गर्न सक्ने सुविधा दिएको हो ।
गूगल एन्ड्रोयड अफलाइन प्रोडक्ट म्यानेजर अमन्दा बोसले भने, ‘जतिबेला तपाईँ इन्टरनेटमा कनेक्ट हुनुहुन्छ र वाईफाई पनि उपलब्ध छैन्, त्यसबेला पनि तपाईँ स्वत सम्बन्धित लोकेशनबाट उपयुक्त आर्टिकल डाउनलोड गर्न सक्नुहुनेछ ।’
स्वत डाउनलोड गरिएको विषयवस्तु कुनै पनि समय बिना इन्टरनेट तपाईँलाई उपलब्ध हुनेछ । यदि तपाईँले क्रोममा साइन गर्नुहुन्छ भने तपाईँको ब्राउजिंग हिस्ट्रीको आधारमा सम्बन्धित आर्टिकलहरु उपलब्ध हुनेछ । यो सुविधा प्रयोगकर्ताको लोकेसन र उनको पहिलेको रुचीको आधारमा हुने बताईएको छ ।
यो फीचर सिमित डाटा योजना लिएका प्रयोगकर्ताहरुका लागि समेत लाभदायक हुनेछ ।
एन्ड्रोयड क्रोमले यो सुविधा विश्वका १०० मुलुकहरुमा उपलब्ध गराएको छ । जून फीचर क्रोमको नयाँ अपडेटेड भर्सनमा मात्र उपलब्ध हुनेछ ।
प्रकाशित: १० असार २०७५, आईतवार