
काठमाडौं ।
काठमाडौं । सिभिल बैंकले स्मार्ट वेबसाइट संचालनमा ल्याएको छ। इन्टरनेट बैंकिङ सेवामा जोडिएका ग्राहकले वेबसाइटबाटै आफ्नो खाताको सम्पुर्ण विवरण हेर्न पाउने भएका छन्।
सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गरे। बैंकको रकम अन्यमा रकमान्तर गर्न सकिने सुविधा पनि रहेको शाक्यले जानकारी दिए।
यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिने छ। स्मार्ट वेबसाईटबाट अन्य सेवा तथा सुविधाको बारेमा जानकारी लिन, मोबाइल टपअपको सुविधा, ल्यान्डलाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ।
प्रकाशित: ८ असार २०७५, शुक्रबार