रेष्टुरेन्टमा खाना खाँदैगर्दा यसरी गोजीमा पड्कियो मोबाइल फोन (हेर्नुहोस् भिडियो)

Technology Khabar २४ जेष्ठ २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । मोबाइल फोन प्रयोगमा प्रयोगकर्ताले ध्यान दिनुपर्ने भएकोछ । पछिल्ला दिनहरुमा मोबाइल फोन पड्किने क्रम बढ्न थालेपछि मोबाइल फोन प्रयोग गर्दा सर्तकता अपनाउनुपर्ने भएको हो ।

हालै भारतको मुम्बईको एउटा रेष्टुरेन्टमा लन्चको समयमा खाना खाईरहेको मानिसको गोजीमा मोबाइल फोन पड्किएको छ । सो मानिसको शर्टको गोजीमा राखेको फोन पड्किँदा सो मानिसलाई सामान्य चोट लागेको बताईएको छ ।

सो रेष्टुरेन्टमा लन्च टाइममा भिडको समयमा सो फोन ब्लास्ट भएको हो, जतिबेला सो मोबाइल फोन प्रयोगकर्ता पनि खाना खान लागेको थियो । अचानक आफ्नो शर्टको गोजीबाट धुवाँ आउन थालेपछि उ आफैंपनि डराएर गोजीबाट मोबाईल फ्याँकेको थियो भने सँगै रहेका अन्य मानिसहरुबीच भागाभाग मच्चिएको थियो ।

मोबाइल फोन पड्किएर धुवाँ पुरै रेष्टुरेन्टमा फैलिएको थियो । सो घट्नाको बारेमा भारतीय संचारमाध्यमहरुले सिसिटिभी फुटेज पनि सार्वजनिक गरेका छन् । घट्नापछि सामान्य घाईते भएको सो व्यक्तिलाई नजिकैको अस्पतालमा भर्ना गरिएको बताईएकोछ ।

साओमीको मि म्याक्स प्राइम फोनपनि ब्लास्ट

यसैबीच भारतको अर्को शहर कानपुरमा पनि मोबाइल फोन ब्लास्टको घट्ना सार्वजनिक भएको छ । भारतीय मिडिया रिपोर्टअनुसार कानपुरको एक अस्पतालमा फोन गरिरहेको बेला एक व्यक्तिको फोन तातेर धुवाँ निस्कन थालेपछि सो फोन फालिदिए र लगत्तै सो फोन पड्किएको थियो ।

कानपुरको हैलट अस्पतालमा कार्यरत अतुल कटियारको साओमीको मि म्याक्स प्राइम हेडसेट ब्लास्ट भएको हो ।

गएको आइतवार उनी फोनमा कुराकानी गर्दैगर्दा फोन पड्किएको बताईएको छ ।

सो व्यक्तिले फोनमा कुरा गर्दैगर्दा मोबाइल फोन अत्यधिक तातेको हुँदा भूईँमा फालेपछि पड्किएको जानकारी दिए । उनले यो घट्नापछि मोबाइल फोनपनि खतराजनक हुनसक्ने अनुभव लिएको बताए । उनी शाओमीको फोन पड्किएको घट्नामा उपभोक्ता फोरममा उजुरी दिने तयारीमा छन् ।

एजेन्सीहरु

प्रकाशित: २४ जेष्ठ २०७५, बिहीबार

तपाइको प्रतिक्रिया