सेकेण्ड मोबाइल फुटसल टुर्नामेन्टको उपाधी ‘ओपो टिम वान’ ले पायो

  • Technology Khabar | १४ जेष्ठ २०७५, सोमबार
सेकेण्ड मोबाइल फुटसल टुर्नामेन्टको उपाधी ‘ओपो टिम वान’ ले पायो

काठमाडौं ।

काठमाडौं । पाको यूथ क्लबले आयोजना गरेको सेकेण्ड मोबाइल फुटसल टुर्नामेन्ट २०१८मा ओपो नेपालको टिम वानले बिजय हासिल गरेको छ।

पुरस्कार राशीको आधारमा नेपालकै सबैभन्दा ठूलो फुटसल टुर्नामेन्टको रुपमा रहेको सो मोबाइल फुटसल टुर्नामेन्टको फाइनल चरणमा ओपो नेपालको टिम वानले ओपो नेपालको टिम टूलाई हराएर प्रतियोगितामा विजयी बन्न सफल भएको हो।

नेपालका प्रमुख मोबाइल कम्पनीहरुको सहभागीता रहेको मोबाइल फुटसल प्रतियोगितामा ओपो नेपालको टिम वान प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार हात पारेको छ।

त्यसैगरि ओपो नेपालकै टिम टूले दोस्रो स्थान हात पार्न सफल भएको छ । सो टिमले ५५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार सहित पदक तथा मोबाइल फुटसल टुर्नामेन्ट कप हात पार्यो।

टुर्नामेन्ट आयोजक पाको यूथ क्लबका अध्यक्ष प्रविण मान श्रेष्ठले मोबाइल व्यवसायबाट केहि समय फुर्सद दिलाउने र व्यवसायीबिच एक आपसमा सम्बन्ध बढाउने उद्धेश्यले फुटसल प्रतियोगिता आयोजना गरेको जानकारी दिए।

‘गत वर्ष आयोजना गरेको पहिलो मोबाइल फुटसल टुर्नामेन्टबाट उत्साहित भएर यो वर्ष दोस्रो पटक आयोजना गरेका हौं, यो फुटसलको क्षेत्रमा सबैभन्दा ठूलो राशी भएको प्रतियोगिता पनि हो,’ अध्यक्ष श्रेष्ठले भने।

प्रतियोगिता अवधिभर उच्च स्कोर गर्ने जे एण्ड जे मोबाइलका सरोज तामांग, वेष्ट गोलकिपरमा दि मोबाइल स्टोरका अशेष श्रेष्ठ, फेयर प्ले टिमको रुपमा भीभो मोबाइललाई पदक तथा सम्मान पत्र प्रदान गरिएको थियो।

मोबाइल शोरुम, मोबाइल व्यवसायी तथा मोबाइल कम्पनीहरुको सहभागीता रहेको यस प्रतियोगितामा कुल १२ टिम सहभागी रहेको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १४ जेष्ठ २०७५, सोमबार