
काठमाडौं ।
काठमाडौं । अमेरिकी कम्पनी एप्पलले आइफोन एसई (Apple iPhone SE 2) को नयाँ भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सन् २०१६ मा सार्वजनिक गरेको यो आइफोन सफल प्रडक्ट मध्येको एक हो ।
कम्पनीले यसलाई आइफोन सिक्स एसको केहि समयपछि बजारमा ल्याएको थियो जसमा समान किसिमको हार्डवेयर प्रयोग भएको थियो ।
यो फोन एप्पलले मिड रेन्जको आइफोन सिरिजमा ल्याएको थियो जसको स्क्रीन सानो साइजको रहेको छ ।
आइफोन एसई विशेषगरि कम्पनीले सानो स्क्रीन साइज मन पराउने प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर ल्याएको थियो ।
आइफोन एसईको सफलतालाई ध्यानमा राखेर अहिले कम्पनीले करिब २ वर्षपछि आइफोन एसई २ सार्वजनिक गर्न लागेको रिपोर्टहरु बाहिर आएका छन् ।
हालै चीनको एउटा साइटमा आइफोन एसईको नयाँ भिडियो देखिएको छ जसमा नयाँ फोनको केहि जानकारीहरु हेर्न सकिन्छ । भिडियो अनुसार पुरानो आइफोन एसई र नयाँ आइफोन एसईमा केहि फरकहरु हेर्न सकिन्छ ।
आइफोन एसई २ ग्लास ब्याकमा देखिएको छ जसले यो फोन वायरलेस चार्जिंगका साथमा आउने अनुमान गर्न सकिन्छ । यसअघि कम्पनीले आइफोन ८ सिरिज र एक्स मा यो फीचर राखिसकेको छ ।
फोनमा हेडफोन जोड्नका लागि ३.५ मिलिमिटरको हेडफोन ज्याक पनि हुने बताईएको छ ।
यसबाहेक फोनको अन्य हार्डवेयर र सफ्टवेयरको बारेमा जानकारी छैन तर पनि आइफोन एसई २ मा हार्डवेयर अपेडट हुने अपेक्षा गरिएको छ ।
यसबाहेक फोटोअनुसार आइफोन एसई २ को अग्रभागमा यसअघिको फोनको जस्तै डिजाइन देखिनछ ।
एप्पलले यो वर्ष आइफोन एसई २ का साथै आइफोनको रेगुलर भर्सनको अपडेट र आइफोन एक्स प्लस ल्याउने अनुमान गरिएको छ ।
प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार