
काठमाडौं ।
काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्टको रुपमा सार्वजनिक गर्न लागेको ओपो एफसेभेन सार्वजनिकका लागि आयोजित हुने कार्यक्रमलाई अझ रोचक बनाउने उद्देश्यका साथ विभिन्न आकर्षक तथा रोमाञ्चक योजनाहरु ल्याउने घोषणा गरेको छ ।
ओपोले नेपाली बजारमा चाँडै नै ओपो एफसेभेन सार्वजनिक गर्दैछ ।
ओपोका अनुसार आफ्ना प्रशंसकहरुका लागि कम्पनीले ‘यू एण्ड आई’ क्याम्पेन ल्याउने तयारी गरेको हो ।
ओपो ओपो क्याम्पेनको एक अभिन्न अंगका रुपमा योजनाबद्ध गरिएको ‘यू एण्ड आई’ मार्फत कम्पनीले आफ्ना प्रशंसक तथा प्रयोगकर्ताको भरपूर सहभागिताको आशा राखेको छ । यो क्याम्पेनमा सहभागिता जनाई दूई भाग्यशाली विजेताले ओपो एफसेभेनका लागि काठमाडौंमा आयोजना हुन गइरहेको कार्यक्रममा सहभागिता जनाउने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
योजनाको सञ्चालन कम्पनीले ओपो नेपालको आधिकारिक फेसबुक पेज, ईन्स्टाग्राम र ट्विटरमार्फत गर्ने जानकारी दिएको छ ।
‘यू एण्ड आई’ क्याम्पेनका लागि कम्पनीले दूई नेपाली यूवा स्टारको छनोट समेत गरिसकेको छ । योजनाका विजेताका लागि कार्यक्रममा सहभागिताका साथै स्टारका साथमा सेल्फी खिच्न पाउने तथा अन्य विभिन्न सरप्राइजको समेत ब्यवस्था रहेको बतार्इएको छ ।
‘हाम्रा पछिल्ला क्याम्पेनमा झैँ यस पटक पनि उल्लेख्य मात्रामा सहभागिता जनाई हामीलाई हौशला दिनु हुन्छ भन्ने हामीले आशा लिएका छौँ ।नयाँ बर्षसंगै हामी क्याम्पेनको थालनी गर्न गइरहेका छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
प्रकाशित: २८ चैत्र २०७४, बुधबार