भारतबाट चोरेर ल्याएको १ सय १२ थान मोवाइल बरामद

  • Technology Khabar | २८ चैत्र २०७४, बुधबार
भारतबाट चोरेर ल्याएको १ सय १२ थान मोवाइल बरामद

काठमाडौं ।

काठमाडौं । भारतबाट काठमाडौंतर्फ आउदै गरेको बा५ख १२३५ नम्बरको बसबाट प्रहरीले बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका १ सय १२ थान मोवाइल बरामद गरेको छ।

प्रहरीले सो मोवाइलसहित बसका चालकहरु रामेछाप घर भई काठमाडौँ बालाजु बस्ने ४४ बर्षीय कृष्ण थापामगर, सिन्धुली कमलामाई घर भई बालाजु बस्ने २४ वर्षीय भुवन बहादुर भुजेल, सहचालक दोलखा मेलुङ्गा घर भई चावहिल बस्ने ५६ वर्षीय हरी बहादुर श्रेष्ठ र संखुवासभा घर भई पुतलीसडक बस्ने ६१ बर्षीय तिलक श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको छ ।

सो बसमा राजस्व छली मोवाइल ल्याएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार बस चेक गर्दा उक्त मोबाइल बरामद भएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले संखुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने ५२ बर्षीया सुमिता श्रेष्ठले समेत डेरा कोठामा लुकाई राखेको १८ थान मोबाइलसहित पक्राउ गरेको छ।

सो सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित: २८ चैत्र २०७४, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार