Technology Khabar २० चैत्र २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं । मेजूले आफ्नो फ्ल्यागशिप स्मार्टफोन मेजू प्रो सेभेन (Meizu Pro 7)भारतीय बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा आएको करिब ३ महिनापछि मात्र भारतीय बजारमा यो स्मार्टफोन उपलब्ध भएको हो ।
भारतीय बजारमा मेजू प्रो सेभेन अमेजनको वेबसाइटबाट मात्र किन्न सकिने बताईएको छ ।
भारतीय बजारमा यो स्मार्टफोनको मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ भारु तोकिएको छ । नेपाली बजारमा यो फोनको मूल्य ४७ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।
मूल्यको आधारमा हेर्दा भारतीय बजारमा मेजू प्रो सेभेन नेपाली बजारमा भन्दा करिब १० हजार ७ सय रुपैयाँ सस्तो मूल्यमा किन्न सकिन्छ । भारतीय बजारमा यसको नेपाली मूल्य करिब ३६ हजार ८ सय रुपैयाँ पर्दछ ।
प्रकाशित: २० चैत्र २०७४, मंगलवार